भीमेश्वर नगरपालिका
From Wikipedia, the free encyclopedia
भीमेश्वर नगरपालिका (पहिले 'चरिकोट') नेपालको बागमती प्रदेशमा पर्ने दोलखा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। दोलखा जिल्लाका तत्कालिन चरिकोट, दोलखा बजार, माटी र मकैवारी गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर भीमेश्वर नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा बोच, लाकुरीडाँडा र सुष्पाक्षमावती गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[3][4][5] कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३२,४८० रहेको छ। यो सहर १५५४ मिटरको उचाइमा अवस्थित छ। यस नगरपालिकाको केन्द्रमा रहेको चरिकोट बजार नेपालको राजधानी काठमाडौँबाट १३३ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।
छरितो तथ्यहरू भीमेश्वर नगरपालिका, देश ...
भीमेश्वर नगरपालिका | |
---|---|
नगरपालिका सदरमुकाम | |
निर्देशाङ्क: २७°४०′०″उ॰ ८६°२′०″पू॰ | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | दोलखा जिल्ला |
नगरपालिका | वि.सं. २०५३ माघ ११[1] |
समावेश (गाविस) | चरिकोट, दोलखा बजार, माटी र मकैवारी |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
समावेश (गाविस) | बोच, लाकुरीडाँडा र सुष्पाक्षमावती |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२ |
सरकार | |
• मेयर | भरत बहादुर के.सी. |
• उप मेयर | कमला बस्नेत |
जनसङ्ख्या | |
• जम्मा | ३२४८० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४५५०० |
क्षेत्रीय सङ्केत | ०४९ |
वेबसाइट | www.bhimeshwormun.gov.np |
बन्द गर्नुहोस्