बङ्गाली साहित्य
From Wikipedia, the free encyclopedia
बङ्गाली भाषामा लेखिएका साहित्यिक कृतिहरूलाई बङ्गाली साहित्य भनिन्छ। ७औँ शताब्दीको बीचतिर बङ्गाली भाषामा साहित्य लेखन सुरु भएको अनुमान गरिएको छ। १० र १२औँ शताब्दीको बीचमा लेखिएको बौद्ध दोहा-सङ्कलन चार्यपद बङ्गाली साहित्यको सबैभन्दा पुरानो नमुनाहरूमध्ये एक हो। मध्यकालीन बङ्गाली साहित्य कविताप्रमुख थिए। यस अवधिका बङ्गाली साहित्य हिन्दू धर्म, इस्लाम र बङ्गालको धार्मिक विश्वासमा आधारित थियो। मङ्गलकाव्य, वैष्णव पदावली, शक्तिपदावली, वैष्णव सन्तजीबी, रामायण, महाभारत र भागवतको बङ्गाली अनुवाद, पिर साहित्य, नाथा साहित्य, बाल पदावली र इस्लामी धार्मिक साहित्य यस साहित्यका मुख्य विषयहरू हुन्। १८औँ शताब्दीमा बङ्गाली साहित्यमा आधुनिकता सुरु भएको थियो। १९औँ शताब्दीमा बङ्गली साहित्यमा नयाँ युगको सुरुवात बङ्गाल पुनर्जागरणको युगमा कलकत्ता सहरबाट भएको थियो। यतिबेलादेखि धार्मिक विषयवस्तुको सट्टा मानिस, मानवतावाद र मानव मनोविज्ञान बङ्गली साहित्यको मुख्य विषय बनेको थियो। सन् १९४७ मा भारतको विभाजनपछि बङ्गाली साहित्यलाई कलकत्ता-केन्द्रित पश्चिम बङ्गालको साहित्य र ढाका-केन्द्रित बङ्गलादेशको साहित्य गरि दुई भागमा विभाजन गरिएको थियो। आजको दिन बङ्गाली साहित्यलाई विश्वकै सबैभन्दा धनी साहित्यिक विधा मानिन्छ।
बङ्गाली साहित्य | |
---|---|
बङ्गाली साहित्य बङ्गाली भाषा | |
साहित्यको इतिहास | |
बङ्गाली साहित्यको इतिहास | |
बङ्गाली साहित्यकारहरूको सूची | |
कालानुक्रम सूची - वर्णानुक्रम सूची | |
बङ्गाली साहित्य | |
लेखक - उपन्यासकार - कवि | |
साहित्यधारा | |
प्राचीन र मध्ययुगीन चार्यपद - मङ्गलकाव्य - वैष्णव पदावली र साहित्य - नाथसाहित्य - अनुवादिक साहित्य -इस्लामी साहित्य - शाक्तपदावली - बाउल गान आधुनिक साहित्य उपन्यास - कविता - नाटक - छोटो कथा - प्रबन्ध - बालसाहित्य - कथा विज्ञान | |
प्रतिष्ठान तथा पुरस्कार | |
भाषाको शिक्षायन साहित्य पुरस्कार | |
सम्बन्धित प्रवेशद्वार साहित्य प्रवेशद्वार | |
|