पहिलो अफिम युद्ध
From Wikipedia, the free encyclopedia
पहिलो अफिम युद्ध (चिनियाँ: 第一次鴉片戰爭), अफिम युद्ध वा अंग्रेज चीन युद्ध बेलायत र चीनको चिङ वंशबीच सन् १८३९ देखि १८४२ सम्म लडिएको सैन्य लडाईको शृङ्खला हो जसलाई कुटनैतिक सम्बन्ध, व्यापारको नजरले हेरिन्छ।[4]
पहिलो अफिम युद्ध | |||||||
---|---|---|---|---|---|---|---|
अफिम युद्धको भाग | |||||||
डुब्दै गरेको चीनेया जहाज , इ. डनक्यान (१८४३) | |||||||
| |||||||
योद्धा | |||||||
ढाँचा:Country data UKGBबेलायत | चीन ( चिङ वंश) | ||||||
शक्ति | |||||||
१९,०००+ फौज:[1]
३७ जहाज:[1]
|
२२२.२१२ फौज:2
| ||||||
मृत्यु र क्षति | |||||||
६९ मृत्यु[1] ४५१ घाइते[1] २८४ बिमारीले मृत्यु[2][3] | १८,०००-२०,००० मृत्यु र घाइते3 (est.)[1] | ||||||
1 रहेको ५ जंगी जहाज, ३ब्रिज, 2स्टिमर, १सर्वे भेसल, and १अस्पताल जहाज. |
१७ औ र १८ औ शताब्दीमा, चिनियाँ सामग्रीको मागले (विशेष गरी रेशम, पोर्सेलिन माटोको भाडा र चिया) युरोपमा बेलायत र चिङ वंश बीच व्यापारिक असन्तुलन सिर्जना गरेको थियो । युरोपेली चादी चीनमा आउथ्यो जसलाई चीनले भित्र्याउथ्यो ।
यो व्यापारिक असन्तुलनलाई मिलाउन इस्ट इन्डिया कम्पनीले भारतमा खेती गरिएका अफिमको लिलामी व्यापार चीनमा गर्न थाल्यो र एसियामा आफ्नो व्यापार प्रभावको मजबुतीकरण गर्न सुरु गर्यो । यो अफिम चीनियाँ तट ग्वांगझोउमा पुर्याइन्थ्यो जहाँ स्थानीय बिचौलियाहरु चीनमा बिक्रि गरेर ठुलो नाफा कमाउथे । अफिमको व्यापारले बेलायत-चीन व्यापारको क्रमभंगता भयो र चीनको व्यापार घाटा हुन् थाल्यो । यसको नतिजाले चीनियाँ अधिकारीहरु चिन्तित भए ।
१८३९ मा चीनिया सम्राटले अफिम व्यापारलाई बैधता दिन अस्विकार गरे र अफिममा कर लगाए । उनले भिसरी लिन जिउलाई अफिम व्यापारमा पूर्ण प्रतिबन्ध लगाएर समस्या समाधान गर्न नियुक्त गरे । [5] र ग्वांगझोउमा बिना क्षतिपूर्ति विदेशी व्यापार बन्द गरे । लिनले झन्डै करिब टन अफिम जफत गरी नष्ट गरे र यसको आपूर्ति बन्द गरे । [6] ब्रिटिस सरकारले चीन सरकारको यो कारबाहीको भत्सर्ना गर्यो र व्यापारीलाई घेराबन्दीमा परेको नजरले हेर्यो । ब्रिटिसले आफ्नो सेना चीनमा तैनाथ गर्यो ; शाही जल सेना र बन्दुक शक्तिको निर्णायक भूमिकाले चीनलाई पराजित गर्यो । यो रणनीतिलाई पछि गनबोट कुटनीति भनियो ।
१८४२ मा चिङवंश नानकिङ सन्धिमा हस्ताक्षर गर्न बाध्य भयो जसानुसार ब्रिटिस साम्राज्यले हंगकंग पायो । यो सन्धि ब्रिटिसको लक्ष्य हल्सिल गर्न नसकेकाले दोश्रो अफिम युद्ध (१८५६-६०) भयो । यसले चिङ वंश कम्जोर हुदै गयो र चीनमा अस्थिरता सिर्जना भयो । [7] यो युद्धलाई आधुनिक चीनियाँ इतिहासको सुरुवात मानिन्छ।