चिङ वंश
From Wikipedia, the free encyclopedia
चिङ वंश (आधिकारिक: महान् चिङ, अङ्ग्रेजी: The Quing Empire or Manchu dynasty) सन् १६३६बाट चिनमा स्थापित अन्तिम जहानियाँ शासक वंश थियो । यस वंशले १६४४ देखि सन् १९१२ सम्म (करिब ३ शताब्दी) राज गरेको थियो जसपछि मिङ वंश र हालको चिनमा स्थापित भएको थियो ।
१६ औँ शताब्दीको अन्तिम सम्ममा मिङका जग्गा धनी नुरहाचीले सैन्य समूह तयार पार्न थाले जसमा हाङचीनियाँ, जुरचेन र मङ्गोल जस्ता जातिहरू पर्थे । उनले नै यसलाई समूहगत तयार पार्दै मान्चुज् नाम दिए ।सन् १६३६ सम्म आइपुग्दा उनका छोरा होङ ताजीले मिङलाई लियाओदाङबाट लखेटे र नयाँ वंश चिङको घोषणा गरे । सन् १६४४ मा लि जिचेङद्वारा अगाडि बडेको समुहले मिङको राजधानी बेङजीङ कब्जा गर्यो । सुरुका शासकहरूले मन्चु शैली नै अपनाए, उनीहरूका उपनाममा शासक हुन्थ्यो । उनीहरू कन्फुसियसका उक्ति पछ्याउँथेँ ।