पन्जाब, भारत
From Wikipedia, the free encyclopedia
पन्जाब अथवा पन्जाब (पन्जाबी: ਪੰਜਾਬ) भारतको एक राज्य हो। यो राज्य वृह्द पन्जाब क्षेत्रको एक भाग हो। यसको अर्को भाग पाकिस्तानमा छ। पन्जाब क्षेत्रका अन्य भाग भारतको हरियाणा र हिमाचल प्रदेश राज्यमा पर्दछन्। यस राज्यको पश्चिममा पन्जाब (पाकिस्तान), उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश, दक्षिण तथा दक्षिण-पूर्वमा हरियाणा, दक्षिण-पूर्वमा केन्द्र शासित प्रदेश चण्डीगढ र दक्षिण-पश्चिममा राजस्थान राज्य पर्दछ। यस राज्यको कुल जनसङ्ख्या २,४२,८९,२९६ छ भने कुल क्षेत्रफल ५०,३६२ वर्ग किलोमीटर रहेको छ। केन्द्र शासित प्रदेश चण्डीगढ पन्जाबको राजधानी हो। चण्डिगढ हरियाणा राज्यको पनि राजधानी हो। पन्जाबका प्रमुख शहरहरूमा अमृतसर, लुधियाना, जालन्धर, पटियाला र भटिन्डा पर्दछन्।
पन्जाब
ਪੰਜਾਬ | |
---|---|
उपनाम: पाँच नदीहरूको भूमी | |
राष्ट्र | भारत |
स्थापना | १९६६-११-०१ |
राजधानी | चण्डिगढ |
ठुलो सहर | लुधियाना |
जिल्ला | २२ |
सरकार | |
• राज्यपाल | Shivraj Patil[1] |
• मुख्यमन्त्री | Parkash Singh Badal (SAD) |
• व्यवस्थापिका | एक सदनात्मक (११७ seats) |
• संसदीय निर्वाचन क्षेत्र | १३ |
• उच्च अदालत | पन्जाब तथा हरियाणा उच्च अदालत |
क्षेत्रफल | |
• जम्मा | ५०,३६२ किमी२ (१९४४५ वर्ग माइल) |
• क्रम | 19th |
जनसङ्ख्या (2011)[2] | |
• जम्मा | २७,७०४,२३६ |
• घनत्व | ५५०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+05:30 (IST) |
आइएसओ ३१६६ सङ्केत | IN-PB |
HDI | 0.679 (medium) |
HDI rank | 9th (2005) |
साक्षरता | ७६.६८% |
सरकारी भाषा | पन्जाबी, हिन्दी |
वेबसाइट | punjab.gov.in |
सन् १९४७ मा भारतको विभाजन पछि तत्कालिन बृह्द पन्जाबलाई विभाजन गरेर आधा पन्जाब भारतमा र आधा पाकिस्तानमा राखिएको थियो। सन् १९६६ मा भारतीय पन्जाबको पनि विभाजन भयो। यसमा पन्जाबलाई विभाजन गरेर हरियाणा, हिमाचल प्रदेश र पन्जाब गरेर तिन राज्य बनाइए। यो भारतको एकमात्र राज्य हो जहाँ सिख धर्मावलम्बीहरूको बहुमत छ।
युनानीहरू पन्जाबलाई पैंटापोटाम्या नामले जान्दथे। पैंटापोटाम्यो अर्थ पाँचवटा सहायक नदीहरू मिलेर बनेको नदी समूह भन्ने हो। पारसीहरूको पवित्र ग्रन्थ अवैस्टामा पन्जाब क्षेत्रलाई पुरातन हप्ता हेंदू या सप्त-सिंधु (सात नदीहरूको धरती)सँग जोडिएको छ। बर्तानवीहरू यसलाई "हाम्रो प्रशिया" भनेर बोलाउने गर्थे। ऐतिहासिक तौरमा पन्जाब युनानि, मध्य एसियाई, अफगानी र ईरानीहरूको लागि भारतीय उपमहाद्वीपको प्रवेश-द्वार रहेको छ।
कृषि पन्जाबको सबै भन्दा ठुलो उद्योग हो; यो भारतको सबै भन्दा ठुलो गहूँ उत्पादक क्षेत्र हो। यहाँका प्रमुख उद्योगहरूमा वैज्ञानिक साज, कृषि, खेल र बिजली सम्बन्धित सामान, सिलाई मशीन, मशीन यन्त्रहरू, स्टार्च, साइकल, मल आदिको निर्माण, वित्तीय रोजगार, सैर-सपाटा र देवदारको तेल तथा चिनी उत्पादन पर्दछन्। पन्जाबको गोबिन्दगढमा भारतकै सबै भन्दा बढी स्टिल को मील अथवा कारखानाहरू छन्।