धनगढी उपमहानगरपालिका
From Wikipedia, the free encyclopedia
धनगढी नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको सदरमुकाम[5] तथा एक उपमहानगरपालिका हो।[6][7] पूर्व पश्चिम राजमार्ग छेउमै रहेको यो नगरपालिका नेपालको राजधानी काठमाडौँबाट करिब ७५० किलोमिटर पश्चिममा रहेको छ। यो कैलाली जिल्लाको पहिलो नगरपालिका हो। कैलाली जिल्लाको तत्कालिन धनगढी बजार क्षेत्रलाई वि.सं. २०३३ असार २२ गते मिलाएर धनगढी नगर पञ्चायत घोषणा गरिएको थियो।[1]
धनगढी | |
---|---|
निर्देशाङ्क: २८°४२′४९″उ॰ ८०°३४′०९″पू॰ | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कैलाली |
नगर पञ्चायत | वि.सं. २०३३ असार २२[1] |
समावेश क्षेत्र | धनगढी बजार |
उपमहानगरपालिका | वि.सं. २०७२ पुष २१[2] |
समावेश (गाविस) | फूलबारी र उर्मा |
थप सम्मिलित क्षेत्रहरू | साविक अत्तरिया (९-११) |
समावेश मिति | वि.सं. २०७३ फागुन २७[3] |
सरकार | |
• प्रकार | स्थानीय तह |
• मेयर | गोपाल हमाल (स्वतन्त्र) |
• उप मेयर | कन्दकला कुमारी राना (नेकपा एमाले) |
क्षेत्रफल | |
• जम्मा | २६१.७५ किमी२ (१०१.०६ वर्ग माइल) |
उन्नतांश | १०९ मिटर (३५८ फिट) |
जनसङ्ख्या | |
• जम्मा | १४७७४१[4] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९१ |
वेबसाइट | dhangadhimun |
वि.सं. २०७२ असोज १ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७२ पुष २१ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन फूलबारी र उर्मा गाउँ विकास समितिहरूलाई यसमा गाभेर यो नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गरिएको थियो।[2]यसै प्रकार सङ्घीय शासन व्यवस्था लागु भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन अत्तरिया नगरपालिकाको वडा नं. ९ र ११ लाई यस उपमहानगरपालिकामा गाभेर यो उपमहानगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[8][9][10]
यसको दक्षिणमा भारतको उत्तर प्रदेश राज्य, उत्तरमा गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिका, पूर्वमा कैलारी गाउँपालिका र पश्चिममा कञ्चनपुर जिल्ला र भारतसँग सिमाना जोडिएको छ। हाल यो उपमहानगरपालिकालाई १९ वटा वडामा विभाजित गरिएको छ भने वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस उपमहानगरको जनसङ्ख्या १,४७,७४१ रहेको छ।[4] २६१.७५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यो उपमहानगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकासँगै प्रमुख सहरहरू मध्ये एक हो।