जोन एफ. केनेडी
अमेरिकाको ३५औँ राष्ट्रपति / From Wikipedia, the free encyclopedia
जोन फिट्जेराल्ड "ज्याक" केनेडी (अङ्ग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले सन् १९६१ जनवरी देखि अमेरिकाको ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनको सन् १९६३ मा हत्या भएको थियो।
जोन फिट्जेराल्ड "ज्याक" केनेडी | |
---|---|
अमेरिकाका ३५औँ राष्ट्रपति | |
कार्यकाल २० जनवरी १९६१ – २२ नोभेम्बर १९६३ | |
उपराष्ट्रपति | लिन्डन बेन्स जोन्सन |
पूर्वाधिकारी | ड्वीट डेभिड आइजेनहावर |
उतराधिकारी | लिन्डन बेन्स जोन्सन |
अमेरिकी सिनेटर म्यासेचुसेट्सबाट | |
कार्यकाल २ जनवरी १९५३ – २२ डिसेम्बर १९६० | |
पूर्वाधिकारी | ह्यारी लोज जुनियर |
उतराधिकारी | द्वितीय बेन्जी ए स्मिथ |
व्यक्तिगत विवरण | |
जन्म | (१९१७-०५-२९)मे २९, १९१७ ब्रुकलिन, म्यासेचुसेट्स |
मृत्यु | २२ नोभेम्बर १९६३(1963-11-22) (उमेर ४६) डालस, टेक्सस |
मृत्युुको कारण | हत्या |
चिहान | अर्लिङ्टन राष्ट्रिय पितृगृह |
राजनीतिक दल | डेमोक्रेट |
जीवन साथी | ज्याकलिन लि बुभेयर |
सन्तान(हरू) |
|
अभिभावक(हरू) | जोसेफ पेट्रिक केनडी (बुबा), रोस एलिजाबेथ फिट्जेराल्ड (आमा) |
मातृ शिक्षाप्रतिष्ठान | हार्भर्ड कलेज |
जीवनवृति | राजनीतिज्ञ |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | अमेरिका |
शाखा/सेवा | अमेरिकी नौसेना |
सेवाको वर्षहरू | सन् १९४१–१९४५ |
श्रेणी | लप्टन |
लडाई/युद्धहरू | दोस्रो विश्वयुद्ध सोलमोन द्वीप अभियान |
सेनामा दोस्रो विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको सेनापनि पद पछि केनेडीले सन् १९४७ देखि १९५३ को बीच म्यासेचुसेटको ११औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाएका थिए। त्यसपछि उनले सन् १९५३ देखि १९६० सम्म अमेरिकी संसदमा काम गरेका थिए। संसदमा रहँदा केनेडीले आफ्नो पुस्तक प्रोफाइल इन करेज प्रकाशित गरेका थिए जसले पुलित्जर पुरस्कार प्राप्त गरेको थियो। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले रिपब्लिकन प्रतिद्वन्दी तत्कालीन उप-राष्ट्रपतिका रिचार्ड निक्सनलाई साँघुरो मतान्तरले हराएर थियोडोर रूजबेल्ट पछि ४३ वर्षको उमेरमा दोस्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका थिए। केनेडी पहिलो रोमन क्याथोलिक राष्ट्रपति थिए।
केनेडी प्रशासनको समयमा कम्युनिस्ट राज्यहरूसँग शीतयुद्धका कारण तनाव उत्पन्न भएको थियो। जसको फलस्वरूप उनले दक्षीणी भियतनाममा अमेरिकी सैन्य सल्लाहकारको सङ्ख्या वृद्धि गरेका थिए। सन् १९६१ को अप्रिलमा उनले बे अफ पिग्स आक्रमणमा फिडेल क्यास्ट्रोको क्युबाली सरकारलाई उल्टाउने प्रयत्नलाई अनुमति दिएका थिए।[1]
उनको शासनकालमा पिग्सको खाडीको आक्रमण, क्युबा क्षेप्यास्त्र सङ्कट, बर्लिन पर्खालको निर्माण, अन्तरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र भियतनाम युद्धको सुरुवात जस्ता मुख्य घटनाहरू भएका थिए।
सन् १९६३ नोभेम्बर २२ का दिनमा डालस उनको हत्या भएको थियो। केनेडीको मृत्युपछि उप-राष्ट्रपति लिन्डन बेन्स जोन्सनले राष्ट्रपतिको पद सम्हालेका थिए। मार्क्सवादी तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्डलाई राज्यद्रोहको लागि पक्राउ गरिएको दुई दिनपछि ज्याक रबीद्वारा उनको हत्या भएको थियो। सङ्घीय अनुसन्धान ब्यूरो र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकालेता पनि विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मानी केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन्। त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका पूर्व नौसैनिक कर्मचारी लि हार्भी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गर्छन्। ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामरा अगाडिनै गोली हानी हत्या गरिएको थियो।
केनेडीको मृत्यु पछि काङ्ग्रेसले उनका धेरै प्रस्तावहरू पारित गरेको थियो जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन्। अमेरिकी इतिहासकार एवम् सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षणमा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ।