जनसङ्ख्याको अनुसार पाकिस्तानका सहरहरूको सूची
From Wikipedia, the free encyclopedia
यो सन् २०१७ को पाकिस्तानको जनगणना अनुसार पाकिस्तानका सबैभन्दा बढी जनसङ्ख्या भएका सहरहरूको सूची हो। यस सूचीमा रहेका सहरको जनसङ्ख्याले सहरको परिभाषित सीमा भित्रको जनसङ्ख्या (गुजरानवाला र ओकाडा बाहेक) लाई मात्र सङ्केत गर्दछ। तलको जनगणना पाकिस्तानको केन्द्रीय तथ्याङ्क विभाग आएको हो। [1][2]
पाकिस्तानको सन् २०१७ को जनगणना अनुसार पाकिस्तानको ९९ भन्दा बढी सहरहरूको १० लाख वा सो भन्दा बढी जनसङ्ख्या रहेको छ। यी ९९ सहरमध्ये ५८ वटा देशकै सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश पञ्जाबमा रहेको छ। यस्तै गरि सिन्धमा २२, खैबर पख्तुनख्वामा ११, बलुचिस्तानमा पाँच, आजाद कश्मीरमा दुई र इस्लामाबाद राजधानी क्षेत्रमा एक सहर रहेका छन्। गिल्गित-बल्तिस्तानको कुनैपनि सहरमा १,००,००० भन्दा बढी मानिसहरू भएको कुनै अज्ञात रहेको छ किनभने गिल्गित-बल्तिस्तानले सन् २०१७ को जनगणनाको कुनैपनि नतिजा सार्वजनिक रूपमा जारी गरेको छैन। सन् १९९८ को अघिल्लो जनगणना अनुसार गिल्गित-बल्तिस्तानको सबैभन्दा ठूलो सहर गिल्गित थियो र जहाँ ५६,७०१ जना मानिसहरू बसोबास गर्दथे।