गौरीशंकर गाउँपालिका
From Wikipedia, the free encyclopedia
गौरीशंकर गाउँपालिका बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो। यस गाउँपालिकाको अधिकांस भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्दछ। यस गाउँपालिकाको पूर्वी सिमाना सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका पर्दछ भने दक्षिणमा दोलखा जिल्लाको जिरी नगरपालिका तथा वैतेश्वर गाउँपालिका पर्दछ। त्यस्तै यस गाउँपालिकाको पश्चिममा कालिञ्चोक गाउँपालिका तथा विगु गाउँपालिका पर्दछ। यस गाउँपालिकाको उतरी सीमामा चीन पर्दछ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा, यहाँको जनसङ्ख्या १७,०६२ रहेको थियो। यस गाउँपालिका ७ वटा वडामा विभाजित छ।[2][3]
छरितो तथ्यहरू गौरीशंकर गाउँपालिका, देश ...
गौरीशंकर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७.६३°N ८५.९८°E / 27.63; 85.98 | |
देश | नेपाल |
प्रदेश | बागमती |
जिल्ला | दोलखा |
वडा सङ्ख्या | ९ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• प्रकार | गाउँ परिषद् |
• अध्यक्ष | विश्वास कार्की (नेकपा (माओवादी केन्द्र))[1] |
• उपाध्यक्ष | श्यामसुन्दर तामाङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ८६१ किमी२ (३३२ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १७०६२ |
• घनत्व | २०/किमी२ (५१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सदरमुकाम | सुरी |
वेबसाइट | gaurishankarmun |
बन्द गर्नुहोस्