गुरुङ जाति
नेपालको मङ्गोल जाति / From Wikipedia, the free encyclopedia
गुरुङ नेपालको मध्यमाञ्चल क्षेत्रका जातिगत समुह हुन्। गोर्खाली राजा पृथ्वीनारायण शाहको ४ जात (गुरुङ,खस,मगर र ठकुरी हुन्। गुरुङहरू मुख्यत: गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ। कोही बागलुङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाहरूमा र माछापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ।[2]
जम्मा जनसङ्ख्या | |
---|---|
५,४३,५७१ | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | |
भाषाहरू | |
गुरुङ, मनाङ, लोके, सेके | |
धर्महरू | |
बहुमत बोन धर्म[1] |
वि.सं २०५८ तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ गुरुङ भाषा बोल्दछन्।[3] तिब्बतको दक्षिणी जिल्लाहरूमा गुरुङ जातिको उत्पत्ति भएको मानिन्छ। केही मानव इतिहासविद्हरूका अनुसार, गुरुङ वा तमु, एतिहासिक आदि-मङ्गोल जातिबाट उत्पत्ति भएका विश्वास गर्छन् र मध्य एसियाबाट सर्दै र फैलिदैँ आएको पनि बताइन्छ तर केही विद्वान् भने गुरुङहरू मङ्गोलियाबाट बसाइँसराइ गरि आएकोमा आफ्नो मत व्यक्त गर्छन्।