गुजरानवाला
From Wikipedia, the free encyclopedia
गुजरानवाला (उर्दु: گوجرانوالا) पाकिस्तानको पन्जाब प्रदेशमा रहेको एक प्रमुख सहर हो। यो सहर नजिकैको पन्जाब प्रान्तको राजधानी लाहोरबाट उत्तरतर्फ रहेको छ। यो सहर पाकिस्तानको ७औँ बढी जनघनत्व भएको महानगरीय क्षेत्र हो भने यो जनसङ्ख्याको हिसाबले पाकिस्तानको ५औँ सबैभन्दा ठुलो सहर हो।[3] यो सहरको स्थापना १८औँ शताब्दीमा भएको थियो। यो सहर उत्तरी पन्जाबका नजिकैका अन्य पुरानो सहरहरूको तुलनामा आधुनिक सहर हो। यो सहर सन् १७६३ देखि सन् १७९९ सम्म, सुरचकिया मिस्लको राजधानीको रूपमा रहेको थियो। गुजरानवाला सिख महाराजा रञ्जित सिंहको जन्मस्थल पनि हो।[4]
गुजरानवाला
گوجرانوالا | |
---|---|
सहर जिल्ला / विभाग राजधानी | |
शीर्षबाट क्रमश: निसान-ए-मञ्जिल, ताजमहल होटल (बायाँ), जफर अली खानको समाधि (दायाँ) र पन्जाब विश्वविद्यालय | |
निर्देशाङ्क: ३२°९′२४″उ॰ ७४°११′२४″पू॰ | |
देश | पाकिस्तान |
क्षेत्र | पन्जाब |
विभाग | गुजरानवाला |
जिल्ला | गुजरानवाला |
तहसिल | गुजरानवाला सहर तहसिल |
स्वायत्त सहरहरू | ७ |
सङ्घ परिषद | १९ |
सरकार | |
• प्रकार | नगर परिषद |
• मेयर | सेख सरावत इक्रम |
• उप-मेयर | राना मकसुद |
• उप-मेयर | सलमान खलिद बट |
क्षेत्रफल | |
• जम्मा | ३१९८ किमी२ (१२३५ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[2] | |
• जम्मा | २२३८२४३ |
गुजरानवाला सहर: ७३,९४० गुजरानवाला नगरपालिका निगम: २,०२७,००१ गुजरानवाला: १३७,३०२ | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
हुलाक कोड | ५२२५० |
क्षेत्रीय सङ्केत | ०५५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
गुजरानवाला पाकिस्तानी सहरहरू कराची र फैसलाबादपछिको तेस्रो ठुलो औद्योगिक केन्द्र हो[5] र यस सहरले पाकिस्तानको राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको ५% योगदान गर्दछ।[6]यो सहर उत्तर-पूर्वी पन्जाब प्रान्तको ठुला सहरी केन्द्रहरूको सञ्जालमा आबद्ध छ जुन पाकिस्तानको अत्यधिक उच्च औद्योगिक क्षेत्रहरू हुन्।[7] यस सहरको छिमेकको निर्यात केन्द्रित अर्थतन्त्र रहेको औद्योगिक सहरहरू सियालकोट र गुजरातसँग यसको सुनौलो त्रिभुज भनिने सम्बन्ध रहेको छ।[8][5]