कागबेनी
मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति / From Wikipedia, the free encyclopedia
कागबेनी नेपालको हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित कालीगण्डकी नदीको बेँसीमा अवस्थित एक गाउँ हो।[1] नेपालको २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५५५ रहेको छ।[2]जोमसोमदेखि राजधानी लोमान्थाङसम्मको पदमार्गमा यो गाउँ मुक्तिनाथको पदमार्गसँगै जोडिएको छ। कागबेनीलाई हिमालयको सबैभन्दा पुरानो गाउँको रुपमा पनि लिइन्छ। कागबेनी दुई पवित्र नदी मुक्तिनाथ र कालीगण्डकीको बीचमा पर्दछ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९३७ रहेको थियो जसमध्ये ४६१ पुरुष र ४७६ महिला रहेका थिए भने यहाँ २७४ घरधुरी रहेको थियो।[3]
छरितो तथ्यहरू कागबेनी, देश ...
कागबेनी | |
---|---|
गाउँ | |
निर्देशाङ्क: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ | |
देश | नेपाल |
जिल्ला | मुस्ताङ |
गाउँपालिका | वारागुङ मुक्तिक्षेत्र गाउँपालिका |
वडा नम्बर | ४ |
स्थापित | वि.सं २०७३ |
क्षेत्रफल | |
• जम्मा | ५८.३ किमी२ (२२.५ वर्ग माइल) |
उन्नतांश | २,८०४ मिटर (९१९९ फिट) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ५५५ |
• घनत्व | ९.५/किमी२ (२५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
वेबसाइट | varagungmuktichhetramun |
बन्द गर्नुहोस्