ओपन स्ट्रिट नक्सा
From Wikipedia, the free encyclopedia
ओपन स्ट्रिट नक्सा (ओएसएम) एक सहयोगी परियोजना हो जसले संसारको नि: शुल्क सम्पादन योग्य नक्सा सृजना गर्दछ। भू-आँकडा अन्तर्निहित नक्सा, परियोजनाको प्राथमिक उत्पादन मानिन्छ। ओएसएमको सृजना र वृद्धि विश्वको धेरैजसो ठाउँमा नक्सा आँकडाको प्रयोग वा उपलब्धतामा प्रतिबन्ध, र उपग्रह पथप्रदर्शन उपकरणहरूको आगमनद्वारा प्रेरित गरिएको छ।[5]
साइटको प्रकार | वेब नक्सा प्रदायक |
---|---|
उपलब्ध भाषा |
|
मालिक | समुदायको स्वामित्व र ओपन स्ट्रिट नक्सा संस्थानको समर्थन [2] |
सर्जक | स्टिभ कोस्ट (ओएसएम विकिमा पृष्ठ) |
उत्पादहरू | भौगोलिक तथ्याङ्क |
युआरएल | www |
व्यवसायिक | होइन |
दर्ता | योगदानको लागि आवश्यक, अवलोकनको लागि पर्दैन |
प्रयोगकर्ताहरू | ८१,०४,४९७[3] |
चालु भएको मिति | ९ अगस्ट २००४; १९ वर्ष पहिले (२००४-०८-09)[4] |
वर्तमान स्थिति | चालू (विवरण) |
सामग्री इजाजतपत्र | खुला डाटाबेस इजाजतपत्र |
यसलाई सन् २००४ मा बेलायतमा स्टिभ कोस्टद्वारा सृजना गरिएको थियो। यो विकिपिडियाको सफलता र बेलायत र वरिपरिका क्षेत्रहरूमा नक्सा आँकडाको प्रबलताबाट प्रेरित थियो। त्यस पश्चात्, यसमा २० लाख प्रयोगकर्ताहरू दर्ता भएका थिए।[6][7] प्रयोगकर्ताहरूले सर्वेक्षण, भौगोलिक निर्देशाङ्क उपकरण, हवाई छवीग्रहण, र अन्य निःशुल्क स्रोतहरूको प्रयोग गरेर आँकडा सङ्कलन गर्न सक्दछन्। यो सङ्कलन गरिएको बृहत आँकडालाई खुला भण्डारण अनुमति पत्र अन्तर्गत उपलब्ध गराइन्छ। सेवा ओपन स्ट्रिट म्याप फाउन्डेसन, इङ्ल्यान्ड र वेल्समा दर्ता एक गैर नाफामुखी संस्थाद्वारा समर्थित छ।[8] ओएसएमबाट प्राप्त आँकडा कागज नक्सा र विद्युतीय नक्साको उत्पादन सहित (गुगल नक्सा जस्तै) ठेगाना र स्थान नामको भू-साङ्केतिकरण, र मार्ग योजना सहित विभिन्न तरिकामा प्रयोग गर्न सकिन्छ।[9] प्रयोगकर्ताहरूमा फेसबुक, क्राइग्सलिस्ट, सेजनाम, ओएसएम एन्ड, जियोकोचिङ, म्यापक्वेस्ट, जेएमपी साङ्ख्यिकी सफ्टवेयर, र फोरस्क्वायर मार्फत जोडिन सक्दछन्। आफ्नो उपकरणमा भित्र निर्मित नक्साको आँकडा बदल्नका लागि भौगोलिक निर्देशाङ्क प्रणाली उपकरणका धेरै प्रयोगकर्ताहरूले ओएसएमको आँकडा प्रयोग गर्दछन्।ओपन स्ट्रिट नक्साका आँकडाहरू स्वामित्व आँकडा स्रोतको तुलनासँग अनुकूल गरिएको छ, तथापि सन् २००९ मा आँकडा गुणस्तर विश्वभरि बेग्लाबेग्लै थियो। [10][11]