आम्पान महाचक्रवात
From Wikipedia, the free encyclopedia
आम्पान महाचक्रवात (बङ्गाली: ঘূর্ণিঝড় আম্পান) वा आम्फान महाचक्रवात हाल बङ्गालको खाडीमा सिर्जित एक भयानक आँधी वा चक्रवात हो जसको कारण पूर्वी भारत र बङ्गलादेशको तटीय क्षेत्रमा आँधीको खतरा रहेको छ।[1][2] यो आँधी सन् २०२० को उत्तर हिन्द महासागरमा सिर्जित चक्रवातहरूको पहिलो उष्णकटिबन्धीय चक्रवात हो।[3] यो चक्रवात सन् १९९९ मा आएको ओडिशा चक्रवात पछि बङ्गालको खाडीमा सिर्जित पहिलो महाचक्रवाती आँधी हो।[4][5][6] सबैभन्दा पहिला यस आँधी हिन्द महासागरबाट सिर्जित भएको थियो भने पछि यो आँधी महाचक्रवातमा परिवर्तन भएको थियो।[7] पहिलो दुई आँधीहरू बङ्गालको खाडीबाट सुरु भएका थिए भने यो पछि आम्पानको गतिमा पुगेको थियो।[8][9] यस दुई आँधी मध्ये एकले भारतको ओडिशा राज्यमा प्रभाव पारेको थियो भने अर्कोले बङ्गलादेशको चट्टोग्राममा क्षति पुर्याएको थियो।[10][11][12]
छरितो तथ्यहरू महाचक्रवात (आइएमडी स्केल), उत्पत्ति ...
महाचक्रवात (आइएमडी स्केल) | |
---|---|
श्रेणी ५ उष्णकटिबन्धीय चक्रवात (सिम्पसन) | |
उत्पत्ति | १६ मे २०२० |
विलुप्ती | २१ मे २०२० |
सर्वोच्च गति | ३-मिनेट लगातार: २४० किमि/घण्टा (१५० माईल/घण्टा) १-मिनेट लगातार: २६० किमि/घण्टा (१६० माईल/घण्टा) |
सर्वनिम्न चाप | ९२५ एईचपीए (एमबार); २७.३२ इन्च/एईचजी |
हताहत | 118 जम्मा |
क्षति | > $13.35 अर्ब (२०२० युएसडी) (उत्तरी हिन्द महासागरमा सबभन्दा महँगो रेकर्ड) |
प्रभावित क्षेत्र | श्रीलङ्का, भारत (अण्डमान टापु], ओडिशा, पश्चिम बङ्गाल), बङ्गलादेश, भुटान |
बन्द गर्नुहोस्