अल एलिट रेस्लिङ
From Wikipedia, the free encyclopedia
अल एलिट रेस्लिङ (एइडब्ल्यु) एक अमेरिकी व्यावसायिक कुश्ती प्रवर्द्धक कम्पनी हो जुन ज्याकसनभिल, फ्लोरिडामा आधारित छ। यो कम्पनी शाहिद खान र उनका छोरा टोनीको स्वामित्वमा रहेको छ र उनीहरू कम्पनीको अध्यक्ष र कार्यकारीको रूपमा रहेका छन्। यसको प्रधान कार्यालय एभरबैङ्क स्टेडियममा रहेको छ, जुन राष्ट्रिय फुटबल लिगको ज्याक्सनभिल जगुआरको गृहमैदान हो।[8][9] सिबिएस स्पोर्ट्सले एइडब्ल्युलाई लगभग दुई दशकमा प्रमुख स्तरमा डब्ल्युडब्ल्युईको प्रतिस्पर्धीको रूपमा लिएको थियो।[10]
व्यापार नाम | अल एलिट रेस्लिङ |
---|---|
व्यवसाय प्रकार | निजी |
उद्योग | व्यावसायिक कुस्ती |
स्थापित | जनवरी १, २०१९; ५ वर्ष पहिले (२०१९-०१-01) |
स्थापनाकर्ताहरू | शाहिद खान टोनी खान[1][2][3] |
केन्द्रीय कार्यालय | एभरबैङ्क रङ्गशाला, ज्याक्सनभिल, फ्लोरिडा, अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू | |
सेवाहरू | अनुमतिपत्र |
आम्दानी | $१० करोड (सन् २०२२)[4] |
मालिकहरू | शाहिद खान र टोनी खान |
विभाग | एइडब्ल्यु गेम्स[5] एइडब्ल्यु हिल्स[6] एइडब्ल्यु सङ्गीत सप एइडब्ल्यु[7] |
वेबसाइट | allelitewrestling |
अक्टोबर २, २०१९ देखि, एइडब्ल्यूले दुई घण्टाको साप्ताहिक टेलिभिजन कार्यक्रम, डाइनामाइट उत्पादन गरेको छ, जुन उनीहरूको प्रमुख कार्यक्रम मानिन्छ र यो केही अपवादहरू सहित प्रत्यक्ष प्रसारण हुन्छ। यो कार्यक्रम डिसेम्बर २०२१ सम्म टिएनटीमा प्रसारित भएको थियो जुन जनवरी ५, २०२२ मा टिएनटीको भातृ च्यानल, टिबिएसमा सरेको थियो। कम्पनीसँग र्यामपेज र कोलिजन गरि अन्य दुई साप्ताहिक टेलिभिजन कार्यक्रमहरू पनि छन्। र्यामपेज अगस्ट १३, २०२१ देखि प्रसारण भएको एक घण्टाको कार्यक्रम हो भने कोलिजन, दुई घण्टाको कार्यक्रम हो जुन १७ जुन २०२३ मा सुरु भएको थियो। कम्पनीले टिएनटीमा त्रैमासिक विशेष कार्यक्रम पनि प्रशारण गर्ने गर्दछ जसको शीर्षक ब्याटल अफ द बेल्ट्स हो। एइडब्ल्युले पहिले दुई साप्ताहिक युट्युब-विशेष कार्यक्रमहरू, डार्क र डार्क: एलिभेसन, कोलिजनको सुरुवात पछि रद्द गरेको थियो। कम्पनीले वर्षभरि धेरै पे-पर-भ्यु र टेलिभिजन विशेषहरू पनि उत्पादन गर्दछ। डबल अर नथिङलाई कम्पनीको प्रमुख कार्यक्रमको रूपमा लिन सकिन्छ।