अमेरिकाको राष्ट्रपति
From Wikipedia, the free encyclopedia
अमेरिकाको राष्ट्रपति, संयुक्त राज्य अमेरिकाको राष्ट्रपति वा संयुक्त राज्यको राष्ट्रपति (पिओटियुएस)[upper-alpha 1] संयुक्त राज्य अमेरिकाको राष्ट्रप्रमुख र सरकार प्रमुख हुन्छन्। अमेरिकाको राष्ट्रपति सङ्घीय सरकारको कार्यकारी शाखा र संयुक्त राज्य सैन्य बलको प्रमुख सैन्य अधिकारी हुन्छन्।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति | |
---|---|
| |
सम्बोधन | |
स्थिति |
|
संक्षिप्त नाम | पिओटियुएस |
सदस्य |
|
निवास | ह्वाइट हाउस |
आसन | वासिङ्टन, डी.सी. |
मनोनयनकर्ता | राजनीतिक दलहरू वा स्व-नामाङ्कन |
नियुक्तिकर्ता | निर्वाचक मण्डल |
अवधि | चार वर्ष, एकपटक नवीकरण |
गठन साधन | अमेरिकाको संविधान |
गठन | जुन २१, १७८८ (२३५ वर्ष पहिले) (१७८८-०६-21)[7][8] |
प्रथम धारक | जर्ज वासिङ्टन[9] |
तलब | $४,००,००० वार्षिक |
वेबसाइट | www |
राष्ट्रपति पदको निर्माण भएपछि समयानुसार यसको अधिकार बढाउँदै लगिएको छ र हाल आएर राष्ट्रपतिसँग सङ्घीय सरकारको पूर्ण अधिकार रहेको छ।[11] राष्ट्रपतिको शक्तिलाई समयानुसार बढाउने र घटाउने गरिएको भएतापनि फ्र्याङ्कलिन डी. रूजबेल्ट राष्ट्रपति भएपछि उनले यस पदमा निहित अधिकारहरूलाई उल्लेखनीय विस्तार गरेपछि, २०औँ शताब्दीको सुरुवातदेखि अमेरिकी राजनीतिक जीवनमा राष्ट्रपति पदले ठोस भूमिका निर्वाह गरेको छ। समकालीन समयमा, राष्ट्रपतिलाई एकमात्र विश्वव्यापी महाशक्ति नेताको रूपमा संसारको सबैभन्दा शक्तिशाली राजनीतिक हस्तिहरू मध्ये एकको रूपमा समेत हेर्ने गरिएको छ।[12][13][14][15]