अमरनाथ मन्दिर
From Wikipedia, the free encyclopedia
अमरनाथ गुफा हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थल हो। यो गुफा भारतको जम्मू र कश्मीर राज्यमा अवस्थित श्रीनगर सहरबाट उत्तर-पूर्वमा १३५ किलोमिटरको दुरीमा रहेको छ। अमरनाथ समुन्द्र सतहदेखि १३,६०० फिटको उचाइमा रहेको छ। यस गुफाको लम्बाइ (भित्र देखि गहिराइ) १९ मिटर र चौडाइ १६ मिटर छ। गुफा ११ मिटर अग्लो छ।[1] अमरनाथ गुफा भगवान शिवसँग सम्बन्धित प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो। पौराणिक कथाहरूका अनुसार यस स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताएका थिए। यसैका आधारमा अमरनाथ गुफालाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ।[2]
अमरनाथ गुफा | |
---|---|
Lua error in मोड्युल:Location_map at line 452: स्थानका मान विकृत. | |
प्राथमिक विवरण | |
स्थान: | पहलगाम |
निर्देशाङ्क | ३४.२२° उत्तर ७५.५२° पूर्व / 34.22; 75.52 |
सम्बन्धन | हिन्दुत्व |
देवता | शिव |
जिल्ला | अनन्तनाग जिल्ला |
राज्य | जम्मु र कश्मीर |
देश | भारत |
वेबसाइट | shriamarnathjishrine.com |
यहाँको प्रमुख विशेषता पवित्र गुफामा हिउँबाट प्राकृतिक रूपमा शिवलिंगको निर्माण हुनु हो। प्राकृतिक हिउँबाट निर्मित हुने कारणले यसलाई स्वयम्भु हिमानी शिवलिङ्ग पनि भन्ने गरिन्छ। आषाढ शुक्ल पूर्णिमाबाट शुरू भएर जनैपूर्णिमासम्म पुरै साउन महिनाभर पवित्र हिमलिंग दर्शनको लागि यहाँ लाखौं श्रद्धालु आउने गर्दछन्। [3] यस पवित्र गुफाको परिधि लगभग १५० फिट छ र यस गुफामा माथिबाट हिउँको पानीको स-सानो थोपा कुनै-कुनै स्थानमा झर्ने गर्दछ। यसै गुफामा एउटा यस्तो स्थान पनि छ, जहाँ हिउँको पानी झर्दा झर्दै त्यहाँ लगभग दश फिटको अग्लो शिवलिङ्ग बन्दछ। चन्द्रमाको आकार घटबढ अनुसार यस शिवलिङ्गको आकार पनि घट्ने-बढ्ने हुन्छ। श्रावण पूर्णिमामा यहाँ यो पवित्र शिवलिङ्ग आफ्नो पूर्ण आकारमा हुन्छ र औंसीसम्म यो छोटो हुँदै जान्छ। आश्चर्यको कुरा के छ भने यो शिवलिङ्ग ठोस हिउँबाट बनेको हुन्छ, जबकि गुफामा सामान्यत: काँचो हिउँ हुन्छ जुन हातमा राख्ने बितिकै हराउँछ। मूल अमरनाथ शिवलिङ्गदेखि केही फिटको दुरीमा गणेश, भैरव र पार्वतीको यस्तै बेग्ला बेग्लै हिमखण्डहरू छन्।