सरकार
From Wikipedia, the free encyclopedia
सरकार मानिसहरूको समुह हो जो सँग कानुन बमोजिम कुनै क्षेत्र भित्र अधिकार हुन्छ। त्यस्तो क्षेत्र भन्नाले देश, राज्य वा प्रान्त अथवा अरु कुनै नाम भएको क्षेत्रलाई जनाउँछ।
- सरकारले कानुन बनाउने, कर असुल्ने र पैसा छाप्नेजस्ता कामहरू गर्दछ।
- सरकारसँग न्याय प्रणाली हुन्छ, जसले कानुनको आधारमा कसलाई सजाय दिने, कसलाई नदिने निर्णय गर्दछ।
- सरकारसँग प्रहरीहरू हुन्छन् जसले कानुन लागु गराउँदछन।
- सरकारले दूतहरूको माध्यमबाट अन्य देशका सरकारहरूसँग सम्पर्क राख्दछ, वाणिज्य सहमति गर्दछ, युद्धलाई सम्भब भएसम्म टार्दछ अनि कला, संस्कृति वा सामाजिक अनुभव र ज्ञानको आदान-प्रदान गर्दछ।
- सरकारसँग सैनिक हुन्छ जसले देशको रक्षा गर्दछन्।
सरकारका नेता र त्यसका सल्लाहकारहरूलाई प्रशासन भनिन्छ।