संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू
From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र सुरक्षा परिषदमा चीन (पूर्व गणतन्त्र चीन) रुस, फ्रान्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका स्थायी सदस्यहरू हुन्। यी देशहरू दोश्रो विश्व युद्धमा मित्र राष्ट्र र विजयी पक्ष थिए। यी सबै आणविक हतियार सम्पन्न राष्ट्र हुन्। संयुक्त राष्ट्र सुरक्षा परिषदमा कुल १५ राष्ट्र हुन्छन्। ती मध्ये मात्र ५ स्थायी सदस्यलाई भिटो अधिकार (निषेधाधिकार)हुन्छ, जसले परिषदको जुनसुकै मुद्धालाई रोक्न सक्छ।