थ्री गर्जेज बाँध
चीनको हुबेई प्रान्तको यिलिङ जिल्लामा अवस्थित जलविद्युत बाँध / From Wikipedia, the free encyclopedia
तीन गल्छी बाँध एक जलविद्युत बाँध हो। यो बाँध याङ्गत्से नदीमा यिलिङ जिल्ला, यिचाङ, हुबेई प्रदेश, मध्य चीनमा बनेको छ। तीन गल्छी बाँध सन् २०१२ यता २२,५०० मेगावाटको क्षमता सहित स्थापित क्षमताको हिसाबले विश्वको सबैभन्दा ठूलो उर्जा केन्द्र हो। यो बाँधले प्रति वर्ष औसत ९५±२० टेरावाट घन्टा बिजुली उत्पादन गर्दछ। [1] उर्जा उत्पादन नदी खाडीमा वर्षाको वार्षिक मात्रामा निर्भर हुन्छ। सन् २०२० को व्यापक मनसुन वर्षा पछि, बाँधको वार्षिक उत्पादन लगभग ११२ टेरावाट घन्टा पुगेको थियो। यसअघि यो कीर्तिमान सन् २०१६ मा इताइपू बाँधले कायम गरेको थियो। [2] [3] बाँधको निर्माण सन् २००६ मा सम्पन्न भएको थियो। बाँध परियोजनाको उर्जा केन्द्र २०२१ जुलाई ४ मा सम्पन्न तथा पूर्णरूपले सञ्चालनमा आएको थियो। [4] [5] प्रत्येक मुख्य पानी टर्बाइनको क्षमता ७०० मेगावाट छ। [6] [7] उर्जा केन्द्रको विद्युतीकरणको लागि बाँधको ३२ वटा मुख्य टर्बाइनलाई दुई साना जनरेटर (दुवैको क्षमता ५० मेगावाट)मा जोडिएको छ। बाँधको कुल बिजुली उत्पादन क्षमता २२,५०० मेगावाट रहेको छ।[6] [8] [9] परियोजनाको अन्तिम अङ्ग सिप लिफ्ट २०१५ डिसेम्बरमा पुरा भएको थियो। [10]
तीन गल्छी बाँध 三峡大坝 | |
---|---|
देश | चीन |
स्थान | सान्दुफिङ, यिलिङ जिल्ला, हुबेई |
निर्देशाङ्क | ३०°४९′२३″उ॰ १११°००′१२″पू॰ |
उद्देश्य | बाढी नियन्त्रण, उर्जा , परिवहन |
स्थिति | सक्रिय |
निर्माण आरम्भ | १९९४ डिसेम्बर १४ |
बाँधको उद्देश्य विद्युत उत्पादनको साथसाथै, याङ्ग्त्से नदीको ढुवानी क्षमता बढाउने रहेको छ। याङ्ग्त्से नदीको मैदान ऐतिहासिक रुपमा बाढीबाट ग्रस्त छ। जल भण्डारण स्थान प्रदान गरेर, बाँधले बाढीको सम्भावनालाई कम गर्दछ। सन् १९३१ मा, यो नदीमा आएको बाढीले ४० लाख भन्दा धेरै मानिसको मृत्यु भएको थियो। यसैकारण, चीन यस परियोजनालाई अत्याधुनिक ठूला टर्बाइनको बनावटसँगै, [11] र हरितगृह ग्यास उत्सर्जनलाई सीमित गर्नको लागि एक कदम[12]को रुपमा एक स्मारकीय सामाजिक र आर्थिक सफलता मान्दछ।[13] तर, बाँधका कारण पहिरोको जोखिममा वृद्धि सहित पारिस्थितिक परिवर्तन भएको छ।[14] [15] यही कारणले, बाँध आन्तरिक र विदेश दुबैतर्फ विवादास्पद पनि भएको छ।[16] [17] [18] [19]