ह्विट्नी ह्यूस्टन
अमेरिकी गायिका तथा अभिनेत्री / From Wikipedia, the free encyclopedia
विटनी एलिजाबेथ हृयूस्टन (अङ्ग्रेजी: Whitney Elizabeth Houston, ९ अगस्ट, १९६३ - ११ फेब्रुअरी, २०१२) एक अमेरिकी गायिका, अभिनेत्री, मोडल र निर्माता थिईन। २००९मा गिनीज वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा ठुलो पुरस्कार जित्ने महिला मनोनित गर्यो।[1] हृयूस्टन विश्वको सबैभन्दा धेरै बिक्रि हुने संगीत कलाकारहरू मध्ये एक थिईन जसमा उनले १७० मिलियन अल्बम, एकल र भिडियो विश्वभरमा बेचेका थिए।[2][3] उनले सात स्टूडियो अल्बम र तीन चलचित्रहरूको साउंडट्रयाक रिलीज गरिन र सबै डायमण्ड, मल्टी-प्ल्याटिनम, प्ल्याटिनम अथवा गोल्ड प्रमाणित भएका थिए। हृयूस्टनको मिश्र गीतहरूको लोकप्रिय चार्टहरूमा रहने र यसको साथै एमटीवीमा उनको वीडियो "हाउ विल आई नो"[4] को दबदबाको कारण धेरै अफ्रीकी-अमेरीकी कलाकारहरूलाई उनको अनुसरण गर्ने प्रेरणा प्राप्त भयो।[5][6]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ह्विट्नी ह्यूस्टन | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | विटनी एलिजाबेथ हृयूस्टन |
जन्म | (१९६३-०८-०९)अगस्ट ९, १९६३ नेवार्क, न्यू जर्सी, अमेरिका |
मृत्यु | फेब्रुअरी ११, २०१२(2012-02-11) (उमेर ४८) बेवर्ली हिल्स, क्यालिफोर्निया, अमेरिका |
विधा | आरएंडबी, सोल, पप, नृत्य, गोस्पेल |
पेशा | गायिका, अभिनेत्री, मोडल, चलचित्र निर्माता, रेकर्ड निर्माता, गीतकार |
वाद्ययन्त्र | आवाज, पियानो |
सक्रिय वर्ष | १९७७–२०१२ |
लेबल | अरिस्टा, आरसीए |
सहयोगी | सीसी हृयूस्टन, डिओनी वार्विक, एरेथा फ्रेंकलिन, डी डी वार्विक, जेर्मनी जैक्सन, मारियाह कैरे, एनरिक इग्लेसियस, बेबी ब्राउन |
वेबसाइट | आधिकारिक वेबसाइट
विटनीको हस्ताक्षर |
हृयूस्टन एक यस्तो कलाकार हुन जसको लगातार सात गीत बिलबोर्ड हट १०० हीटको सूचीमा पहिलो क्रमांकमा रहेको छ।[7] उनी एल्टन जन पछि दोश्रो क्रमांक र एक मात्र महिला कलाकार हुन जसको नाम बिलबोर्ड म्यागेजिन वर्षको अन्तको दुई प्रथम क्रमांकको बिलबोर्ड २०० अल्बम पुरस्कार छ। हृयूस्टनको १९८५मा निक्लेको पहिलो अल्बम विटनी हृयूस्टन आफ्नो रिलीजको समय सबैभन्दा बिक्री वाला अल्बम बन्यो। यस अल्बमलाई रोलिंग स्टोन्सले १९८६ वर्षको सर्वश्रेष्ठ अल्बम घोषित गरियो र रोलिंग स्टोन्सको "५०० अहिले सम्मको सबै भन्दा राम्रो अल्बमहरूको सूची"मा २५४ क्रमांकमा स्थान प्राप्त भयो। उनको दोश्रो स्टूडियो अल्बम विटनी (१९८७) बिलबोर्ड २०० अल्बम चार्टमा पहिलो क्रमांकमा रहने वाला पहिलो महिला कलाकारको अल्बम बन्यो।
हृयूस्टनको पहिलो अभिनय पात्र फीचर चलचित्र द बडीगार्ड (१९९२)मा थियो। यस चलचित्रहरूके साउंडट्रैकले १९९४मा वर्षको अल्बम ग्र्यामी पुरस्कार जित्यो। यसको मुख्य गीत "आई विल अल्वेज लव यु" संगीत इतिहासमा सबै भन्दा धेरै बिक्री वाला गीत बन्यो। यस अल्बमको साथ हृयूस्टन नेल्सनसाउंडस्कैन सिस्टम अन्तर्गत एक सप्ताहमा एक मिलियनभन्दा धेरै प्रति बेच्ने वाली कलाकार बनिन। हृयूस्टनले धेरै चलचित्रहरूमा कार्य गरिन र तिनीहरूको गीत पनि लेखिन जसमा वोटिंग टू एक्स्हेल (१९९५) र द प्रीचर्स वाइफ (१९९६) शामिल छ।
११ फरवरी २०१२मा हृयूस्टन बेवर्ली हिल्स, क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा मृत पाईयो जसको कारण तुरुन्त थाहा हुन सकेन। उनके मृत्युको समाचार २०१२ ग्रैमी पुरस्कारको साथ आयो र अमेरिकी र अन्तर्राष्ट्रीय मिडियामा धेरै बताईयो।