सेन्जेन
From Wikipedia, the free encyclopedia
सेन्जेन ([ʂə́nt͡ʂə̂n] ( सुन्नुहोस्); चिनियाँ: 深圳[1])चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य सहरहरू मध्ये एक हो। सेन्जेन सहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ। यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ। [2]
सेन्जेन
深圳市 | |
---|---|
देश | चीन |
प्रान्त | गुआङ्गडोङ्ग |
सहर | मार्च १९७९ |
SEZ गठन गरिएको | १ मे १९८० |
सरकार | |
• मेयर | झु किन |
क्षेत्रफल | |
• नगर | २०५० किमी२ (७९० वर्ग माइल) |
• सहरी | १९९१.६४ किमी२ (७६८.९८ वर्ग माइल) |
उन्नतांश | ०–९४३.७ मिटर (०–३१४५.७ फिट) |
जनसङ्ख्या (२०१४) | |
• नगर | १०७७८९०० |
• घनत्व | ५३००/किमी२ (१४०००/वर्ग माइल) |
• सहरी | १०,६३०,००० |
• सहरी घनत्व | ५३००/किमी२ (१४०००/वर्ग माइल) |
क्षेत्रीय सङ्केत | ७५५ |
वेबसाइट | sz.gov.cn |
पहिला सेन्जेन कोउलुन देखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो र सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकिएको थियो।[3] २०१५ को सरकारी प्रतिवेदन अनुसार सेन्जेन सहरमा कुल १,०८,७८,९०० जनसङ्ख्या सहितको सहरीकरण भएको जनाईएको थियो।[4] सन् १९९० तथा २००० को दशकमा सबै भन्दा छिटो विकास भएको सहरहरू मध्ये सेन्जेन पनि एक हो। सेन्जेनको जनसङ्ख्या विकासको गति उत्पादन क्षेत्रको उछालमा कमि आई अन्य क्षेत्रमा सरे पछि सन् २०१३ देखि १ प्रतिशत भन्दा कम भएको थियो। [5]