सूर्य (देवता)
From Wikipedia, the free encyclopedia
सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ ।अधिकांश अन्य देवताहरु सुक्ष्म हुँने हुँदा चिन्न र उपासना गर्न सहज नहुँने भएतापनि सुर्य प्रत्यक्ष देवता हुँनाले धेरैले सहजै उपासना गर्न सक्दछन । सुर्यलाइ शिव का तिन नेत्र मध्ये एक मानिन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर नगर्ने,सबैबाट स्वतन्त्र आफ्नै नियम र गतीमा नीरन्तर अवीराम यज्ञ गर्ने अर्थात प्रकाश,ताप,उर्जा उत्सर्जनको आफ्नो काम गर्ने सूर्य प्रती आदार भावले दीइएको व्यक्तीत्वलाइ नै सूर्य देव अथवा सूर्य देवता भनिन्छ । शास्त्र पढ्न नसक्ने वा पढ्न रुची नहुँनेले हेरेर नै सूर्यबारे जानुन भनी सूर्यका चीत्र वा बीग्रह रूप मुर्ती बनाइन्छ । सूर्यका चित्र र मुर्तीको गहन अध्ययनबाट सूर्यका गुण,काम,स्वभाव आदी कुराहरु, प्रतीकात्मकता बुझ्रन सक्ने जो कोहीले अक्षर को ज्ञान बीनै जान्न सक्दछ ।