सिनेमा हल
From Wikipedia, the free encyclopedia
सिनेमा हल चलचित्र प्रदर्शनको लागि निर्माण गरिएको ठुलो सभाकक्ष सहितको भवन हो। सामान्यतया सबै सिनेमा हल व्यबसायिक रूपमा सञ्चालन गरिएका हुन्छन जसमा चलचित्र हेर्नका लागि सर्वसाधारण नागरिकहरूले टिकट खरिद गर्नुपर्छ। तर केही सिनेमा हलहरू गैर-नाफामुलक संस्था वा समाजले सञ्चालन गरिरहेका हुन्छन् जसमा चलचित्र हेर्नका लागि सदस्यता शुल्क तिरेर सदस्य बन्नुपर्ने हुन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सिनेमा हलमा चलचित्र मुभी प्रोजेक्टरको माध्यमबाट सभाकक्षको अगाडि ठूलो प्रोजेक्शन स्क्रिनमा देखाइने गरिन्छ तथा संवाद, ध्वनी र सङ्गीत भित्तामा राखिएको स्पिकरहरू मार्फत बजाइन्छ।