सामन्तवाद
From Wikipedia, the free encyclopedia
सामन्तवाद (अङ्ग्रेजी: Feudalism/ फ्युडलिज्म) मध्यकालीन युगमा इङ्ल्यान्ड र यूरोपमा प्रचलीत प्रथा थियो।[1] सामन्तवादको उत्पत्तिको मूल कारण राजनीतिक अराजकता थियो।
सामन्तवाद व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमिबाट गरिन्थ्यो। यो सामन्तहरूको कयौं श्रेणिहरु थिए जसमा शीर्ष स्थानमा राजा हुने गर्थ्यो। राजापछि विभिन्न कोटिका सामन्त हुने गर्थे र सबैभन्दा निम्न स्तरमा किसान या दास हुन्थे। यो व्यबस्था रक्षक र अधीनस्थ मानिसहरूको सङ्गठन थियो। राजा समस्त भूमि तथा जमिनको स्वामी मानिन्थ्यो। सामन्तगण राजाका प्रति स्वामिभक्ति प्रस्तुत गर्थे, राजाको रक्षाको लागि सेना सुसज्जित गर्ने काम सामन्तहरूको हुने गर्थ्यो, र बदलामा राजाबाट जमिन पाउँथे। सामन्तगण भूमिको क्रय-विक्रयको अधिकारी नहीं थे। प्रारम्भीक समयमा सामन्तवादले स्थानीय सुरक्षा, कृषि तथा न्यायको समुचित व्यवस्था गरेर समाजको प्रशंसनीय सेवा गरेको थियो। कालान्तारमा व्यक्तिगत युद्ध एवं व्यक्तिगत स्वार्थ नै सामन्तहरूको उद्देश्य बन्यो। साधन-सम्पन्न नयाँ शहरहरूको विकास[2][3], बारूदको आविष्कार, तथा स्थानीय राजभक्तिको स्थानमा राष्ट्रभक्तिको उदयको कारण सामन्तशाही पतन भयो।