साकिब आल हासान
From Wikipedia, the free encyclopedia
साकिब आल हासान (बङ्गला:সাকিব আল হাসান; जन्म: २४ मार्च १९८७) एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् जसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दश वर्षसम्म शीर्षक स्थानमा रहँदै नयाँ कीर्तिमान राखेका थिए भने उनी हाल पनि टेस्ट क्रिकेट, टि ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रियमा शीर्षक तीन स्थानमा पर्छन्।[1][2][3] उनी सन् २०१९ मा इएसपिएन विश्व फेम १०० मा विश्वको उत्कृष्ट खेलाडीको सूचीमा पर्न सफल भएका थिए। उनी आक्रामक बायाँ हातको ब्याट्सम्यान र निम्न ओर्थोडोक्स बलरको रूपमा परिचित छन्।[4] उनले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीलाई थुप्रै उदक तथा उपाधिहरू दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।[5][6]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | साकिब आल हासान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1987-03-24) २४ मार्च १९८७ (उमेर ३७) मागुरा, बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.७५ मी (५ फिट ९ इन्च) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | मध्यम दायाँ हाते अर्थोडक्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अल राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४६) | १८ मे २००७ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ५ सेप्टेम्बर २०१९ v अफगानिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण (क्याप ८२) | ६ अगष्ट २००६ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ५ जुलाई २०१९ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ७५ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टि२०आई पदार्पण (क्याप ११) | २८ नोभेम्बर २००६ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टि२०आई | २१ सेप्टेम्बर २०१९ v अफगानिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००४–२०१९ | खुलना विभाग | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१०–२०११ | वोरचेष्टरसायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११–२०१७ | कोलकाता नाइट राइडर्स (squad no. ७५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ | खुलना रोयल बङ्गाल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ | उतुरा रुद्राज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | ढाका ग्ल्याडिडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | लिचेष्टरसायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३, २०१८–२०१९ | बार्बाडोस टार्जेस्ट्स (squad no. ७५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४ | एल्डिलेड स्ट्राइक्स (squad no. ७५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१५ | मेलबर्न रेनोगेट्स (squad no. ७५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१५ | रङ्पुर राइडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१६ | कराची किङ्स (squad no. ७५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१६–२०१७ | जमैका तालावाज (squad no. ७५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१६–२०१९ | ढाका डाइनामाइट्स (squad no. ७५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१७–२०१८ | पेशावर जालमी (squad no. ७७) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१८–२०१९ | सनराइजर्स हैदराबाद (squad no. ७५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: इइसपियन क्रिक इन्फो, २१ सेप्टेम्बर २०१९ |
सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा इतिहासमै पहिलोपटक तिनै विधामा (टेस्ट क्रिकेट, टि ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय) शीर्ष स्थानमा पर्ने पहिलो अल राउन्डर बन्न सफल भएका थिए। उनी हाल एकदिवसीय अन्तर्राष्ट्रियमा शीर्ष स्थान, टेस्ट क्रिकेट र टि ट्वान्टीमा दोस्रो स्थान रहेका छन्। [7] सन् २०१७ जनवरी १३ मा टेस्ट क्रिकेट अन्तर्गत व्यक्तिगत २१७ रन बनाउने पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी बनेका थिए।[8] नोभेम्बर २०१८ मा व्यक्तिगत २०० विकेट झार्ने उनी पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी बनेका थिए।[9] जुन २०१९ मा साकिब १९९ खेलहरूमा सबैभन्दा छिटो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६,००० रन र २५० विकेट झार्दै कीर्तिमान बनाएका थिए।[10] उनी बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीकको प्रतिनिधित्व गर्दै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् भने विश्वकपमा १००० रन र ३० विकेट लिने उनी एक मात्र बङ्गलादेशी क्रिकेट खेलाडी हुन्।[11] सन् २०१९ को विश्वकपमा व्यक्तगत ६०० रन र १० विकेट लिने उनी पहिलो क्रिकेट खेलाडी बन्न सफल भएका थिए।