संयुक्त अरब इमिरेट्सको राष्ट्रपति
From Wikipedia, the free encyclopedia
संयुक्त अरब इमिरेट्सको राष्ट्रपति ( अरबी: رئيس دولة الإمارات العربية المتحدة ), वा राइस ( अरबी: رَئِيْس ), संयुक्त अरब इमिरेट्स (UAE) को राष्ट्र -प्रमुख हुन् । [1] [2]
संघीय सर्वोच्च परिषद द्वारा राष्ट्रपति र उपराष्ट्रपति प्रत्येक पाँच वर्षमा निर्वाचित हुन्छन् हुन्छन्। संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री औपचारिक रुपमा राष्ट्रपतिद्वारा नियुक्त हुने भए पनि युएईका प्रत्येक उपराष्ट्रपतिले नै प्रधानमन्त्रीको रूपमा काम गर्छन्। सामान्यतया अबु धाबी अमिरात शासक राष्ट्रपति र दुबई अमिरात को शासक उप-राष्ट्रपति र प्रधानमन्त्री बन्ने गर्दछ। राष्ट्रपति युएई सशस्त्र बलका कमाण्डर-इन-चीफ पनि हुन्।
शेख जायद बिन सुल्तान अल नाह्यानलाई सात अमिरातलाइ एउटै राष्ट्रमा एकीकृत गर्ने श्रेय दिइन्छ। शेख जायद १९९७१ मा युएईको गठन देखि २ नोभेम्बर २००४ मा आफ्नो मृत्यु सम्म युएई को पहिलो राष्ट्रपति हुनुहुन्थ्यो। उनको उत्तराधिकारी उनका छोरा शेख खलिफा बिन जायदले पाए, जसको १३ मे २०२२ मा कार्याकालमा मृत्यु भयो [3] शेख खलिफाको मृत्यु पछि, शेख मोहम्मद बिन जायेद अल नाह्यानलाई संघीय सर्वोच्च परिषद्ले १४ मे २०२२ मा मा युएई को तेस्रो र वर्तमान राष्ट्रपति चयन गरेको थियो [4]