संयुक्त अधिराज्यका प्रधानमन्त्रीहरूको सूची
From Wikipedia, the free encyclopedia
बेलायतमा राजा जर्ज तृतीयको शासनकालमा मन्न्रीमण्डल प्रणाली विकासमा ज्यादै महत्त्वपूर्ण मानिन्छ । यसका खास तीन कारण थिए :
- जर्ज तृतीय विदेशी (जर्मन) हुनु
- अंग्रेजी भाषाको ज्ञान नहुनु
- राजालाई बेलायतको राजनीतिमा चाख नहुनु
राजा जर्ज तृतीय अंग्रेजी भाषा र रीतिरिवाजसँग अपरिचित भएकाले बेलायतको राजनीतिमा चाख लिदैनथे । राजाले अंग्रेजी भाषाको ज्ञान नभएकाले मन्न्रीमण्डलको अध्यक्ष्यता गर्न पनि छोडिदिए । यस्तो अवस्थामा मन्न्रीमण्डलका प्रभावशाली सदस्यले मन्न्रीमण्डलको अध्यक्षता गर्न थाले । यसक्रममा प्रभावशाली मन्न्री रोबट वाल्पोलले मन्त्रीमण्डलको अध्यक्षता गर्न लागे र बेलायतको इतिहासमा उनीनै प्रथम प्रधानमन्त्री भए । यसपछी राजाले मन्त्रीमण्डलको नेतृत्व गर्नुहुँदैन भन्ने सिद्धान्त कायम गरियो ।