श्रीविजया एअर विमानको उडान १८२ दुर्घटना
From Wikipedia, the free encyclopedia
श्रीविजया एअरको उडान १८२ एक अनुसूचित घरेलु यात्रुवाहक विमानको उडान थियो जसलाई श्रीविजया एअरले सुकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थल, जकार्ताबाट सुपादियो अन्तर्राष्ट्रिय विमानस्थल, पोन्तियानाक इन्डोनेसियामा सञ्चालन गरेको थियो। वि.सं. २०७७ पुस २५ तदनुसार सन् २०२१ जनवरी ९ दिउँसो, विमान प्रस्थानको केही मिनेटपछि सम्पर्क बिहिन हुन पुगेको थियो।[4] अधिकारीहरूले उक्त विमान मूल विमानस्थलबाट केही किलोमिटर टाढा रहेको जाभा सागर नजिक दुर्घटना भएको पुष्टि गरेका थिए। हाल पूर्ण विमानको खोजी कार्य जारी छ।
छरितो तथ्यहरू दुर्घटना, मिति ...
दुर्घटना | |
---|---|
मिति | ९ जनवरी २०२१ (2021-01-09) |
सारांश | दुर्घटनाग्रस्त; Autothrottle failure leading to pilot error |
स्थल | सेरिबु टापु जाभा सागर |
विमान | |
विमानको प्रकार | बोइङ ७३७[1] |
विमानको नाम | सित्रा |
सञ्चालक | श्रीविजया एअर |
आइएटिए उडान सं. | SJ182 |
आइसिएओ उडान सं. | SJY182 |
परिचयक चिह्न | SRIWIJAYA 182 |
दर्ता नम्बर | PK-CLC |
विमान उडान | सुकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थल, जाकार्ता, इन्डोनेसिया |
गन्तव्य | सुपादियो अन्तर्राष्ट्रिय विमानस्थल, पोन्तियानाक, इन्डोनेसिया |
सिट सङ्ख्या | ६२ [2] |
यात्रुहरू | ५०[3] |
चालक दल | १२[3] |
मृत्यु | ६२ |
बन्द गर्नुहोस्