वेश्यावृत्ति
From Wikipedia, the free encyclopedia
आर्थिक लाभको लागि वा शारीरिक सुखको लागि अन्य पुरुषहरुसँग यौन सम्बन्ध राख्नु वा कुनै यौन सेवा प्रदान गर्नुलाई वेश्यावृत्ति वा देहव्यापार भनिन्छ।[1] यसरी अन्य पुरुषहरु सँग सम्भोग गर्ने महिलालाई वेश्या वा यौनकर्मी भनिन्छ, भने सेवा लिनेलाई विभिन्न नामले चिनिन्छ। वेश्यावृत्ति यौन व्यापारको एउटा अंश हो। वेश्यावृत्ति सम्बन्धि कानुन पनि राष्ट्र अनुसार फरक फरक रहेको पाइन्छ। कहि कहि वेश्यावृत्तिलाई "विश्वको सबैभन्दा पुरानो पेशा"को रूपमा लिएको पाइन्छ।[2]