विश्वव्यापी आतङ्कवाद सूचकाङ्क
From Wikipedia, the free encyclopedia
विश्वव्यापी आतङ्कवाद सूचकाङ्क इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा वार्षिक रूपमा प्रकाशित एक प्रतिवेदन हो। यसलाई सूचना प्रविधि उद्यमी र इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसका संस्थापक स्टिभ किलेलियाले विकास गरेका थिए। सूचकाङ्कले सन् २००० देखि आतङ्कवादको प्रमुख विश्वव्यापी प्रवृत्ति र ढाँचाको विस्तृत सारांश प्रदान गर्दछ। यो विश्वका राष्ट्रहरूलाई आतङ्कवादी गतिविधि अनुसार व्यवस्थित रूपमा श्रेणीबद्ध गर्ने प्रयास हो। सूचकाङ्कले आतङ्कवादको प्रभावको स्पष्ट तस्वीर निर्माण गर्न, प्रवृत्ति चित्रण गर्न र अनुसन्धानकर्ता र नीति निर्माताहरूद्वारा विश्लेषण गर्नका लागि डेटा शृङ्खला प्रदान गर्न आतङ्कवादी आक्रमणहरूसँग सम्बन्धित धेरै कारकहरूलाई जोड्दछ। यसले आतङकवादको प्रभावमा देशहरूको क्रमिक वरीयता प्रदान गर्न एक समग्र अङ्क उत्पादन गर्दछ।
विश्वव्यापी आतङ्कवाद सूचकाङ्क विश्वव्यापी आतङ्कवाद डाटाबेसको तथ्याङ्कमा आधारित छ जुन मेरिल्यान्ड विश्वविद्यालयको नेसनल कन्सोर्टियम फर द स्टडी अफ टेरोरिज्म एन्ड रेस्पोन्स टु टेररिज्म (स्टार्ट)द्वारा सङ्कलन गरिएको छ। यसले आतङ्कवादका १,९०,००० भन्दा बढी घटनाहरूलाई संहिताबद्ध गरेको छ।[1] यसले १६३ देशहरूलाई समेटेको छ, जुन विश्वको जनसङ्ख्याको ९९.७% हो।
जिटिआई विश्वव्यापी शान्ति सूचकाङ्क विशेषज्ञ प्यानलको परामर्शमा विकसित गरिएको थियो। यसको उद्देश्य प्रवृत्तिहरूको जाँच गर्नु हो र आतङ्कवादको भविष्य र आवश्यक नीतिगत प्रतिक्रियाहरूको बारेमा सकारात्मक र व्यावहारिक बहसलाई सूचित गर्न मद्दत गर्नु हो।