विशाल नेपाल
सन् १८१६ को सुगौली सन्धि अघिको नेपाल / From Wikipedia, the free encyclopedia
विशाल नेपाल वा बृहत नेपाल (अङ्ग्रेजी: Greater Nepal) भनेको वर्तमान नेपालको प्राचीन भौगोलिक स्वरूप हो। आजको नेपाल इतिहासको असमान सन्धि र त्यो सन्धिको कार्यन्वयन हुन नसकेको कारणको नतिजा हो। त्यही इतिहासको विशाल भू-भागलाई सम्झेर नेपालीहरूले प्राचीन नेपालको भौगोलिक स्वरूपलाई विशाल-नेपाल अर्थात ग्रेटरनेपाल भनिन्छ। यो शब्द नेपाली राष्ट्रवादीहरूले एङ्ग्लो-नेपाल युद्ध भन्दा अघिको नेपालको भूभागलाई जनाउन प्रयोग गर्ने शब्द हो। अङ्ग्रेजसँग नेपालले गुमाएको भूमि लडेको युद्ध जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ हुनुभन्दा अगाडि नेपालको भूभागभित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाञ्चल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलज नदी र त्यसको पारिसम्मका भूभाग काँगडा सम्म, पूर्वतर्फ सिक्किम, दार्जिलिङ, समेटने टिष्टा नदी सम्मका भूभाग जसको क्षेत्रफल ३,३४,२५० थियो लाई पनि मिठो ऐतिहसिक स्मरणका साथ विशाल नेपाल भनेर सम्झन चाहन्छन्। यो भूभाग नेपाल अङ्ग्रेज युद्धको समाप्ति भएको घोषणा गर्ने सुगौली सन्धिसँगै नेपालले इस्ट इन्डिया कम्पनीको स्वामित्वमा छोडिदिनुपरेको थियो। तर वर्तमान समयमा ती गुमेका भूभाग फिर्ता लिन नेपालमा अहिलेसम्म बनेका सरकार संयन्त्रहरूले कुनै चासो न देखाएको हेर्दा एउटा राष्ट्रका लागि लज्जास्पद विषय हुन पुगेको छ । पर्याप्त प्रमाण, अन्तराष्ट्रिय कानुन अनुसार पनि र तमाम सन्धि सम्झौताहरूमा फिर्ता भइसकेको अवस्थामा पनि नेपालका सरकारहरूले फिर्ता लिनुको साटो उल्टै भाएको भूभाग पनि इंडियालाई बुझाउने गरेको र इंडियाको चाकरी गरेको अवस्था देखिएको छ। नेपालको महान् इतिहासलाई परचक्रीको पाउमा चढाएको अवस्था छ। देश र जनताको अवस्था पनि उस्तै प्रकारको हुँदा जनतामा यो भावना जगाउन र जनआन्दोलनद्वारा विदेशीको गोटी बनेका सबै सरकारहरूलाई दवाब दिनका लागि समस्त नेपाली जनतामा विशाल नेपाल सम्बन्धित जानकारीको प्रचार प्रसार गर्न एकदम अपरिहार्य देखिन्छ..
"पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ।" "कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ।" जय राष्ट्र! जय नेपाल !!
यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
गोर्खा अधिराज्य | |
---|---|
गोर्खा अधिराज्यको स्थापना | १५०० ई |
पृथ्वीनारायण शाहको जन्म | १७२३ |
पृथ्वीनारायण शाह राजा बनेको | १७४३ |
गोर्खा अधिराज्य नाम परिवर्तन | १७६९ (नेपाल अधिराज्य) |
विभिन्न क्षेत्रको एकीकरण | |
नुवाकोट | १७४४ |
किर्तिपुर | १७६६ |
सिक्किम, दार्जीलिंग | १७८८-१७९० |
कान्तिपुर, भक्तपुर | १७६८ |
ललितपुर | १७६९ |
सेन अधिराज्य | १७७३ |
किराती राज्यं | १७७५ |
बाइसे राज्य | १७८७ |
चौबिसे राज्य | १७८१ |
कुमाउँ | १७९० |
गढवाल | १८०४ |
विशाल नेपालको दुर्भाग्य | |
नेपाल अंग्रेज युद्ध | १८१४-१६ |
सुगौली सन्धि | २ डिसेम्बर १८१५ |