विद्युतीय ब्याट्री
From Wikipedia, the free encyclopedia
ब्याट्री भनेको विद्युतीय उपकरणहरू चलाउनको लागि बाह्य जडानहरू [1] भएको एक वा बढी इलेक्ट्रोकेमिकल सेलहरू मिलेर बनेको विद्युत शक्तिको स्रोत हो। यसको घनात्मक टर्मिनललाई क्याथोड र ऋणात्मक टर्मिनललाई एनोड भनिन्छ।[2] न जब ब्याट्रीले पावर आपूर्ति गरिरहेको हुन्छ, क्याथोड बाट एनोडतर्फ इलेक्ट्रोनको प्रवाह हुन्छ । जब ब्याट्री बाह्य विद्युतीय लोडमा जडान हुन्छ, रेडक्स प्रतिक्रियाले उच्च-ऊर्जा भएको रिएक्टेन्टहरूलाई निम्न-ऊर्जा उत्पादनहरूमा रूपान्तरण गर्छ, र विद्युत ऊर्जाको रूपमा बाह्य सर्किटमा प्रवाह गर्छ। ऐतिहासिक रूपमा "ब्याट्री" शब्दले विशेष गरी धेरै सेल मिलेर बनेको उपकरण लाई बुझाउँछ; यद्यपि, प्रयोग एकल सेल बनेका उपकरणहरू समावेश गर्न विकसित भएको छ। [3]
प्राइमरी (एकल-प्रयोग वा "डिस्पोजेबल") ब्याट्रीहरू एक पटक प्रयोग गरिन्छ र फालिन्छ, यसको रासायानिक प्रतिक्रिया अपरिवर्तनीय हुन्छन्; एउटा सामान्य उदाहरण फ्ल्यासलाइट र धेरै पोर्टेबल इलेक्ट्रोनिक उपकरणहरूको लागि प्रयोग गरिने क्षारीय ब्याट्री हो। सेकेन्डरी (रिचार्जेबल) ब्याट्रीहरू लागू विद्युतीय प्रवाह प्रयोग गरेर धेरै पटक डिस्चार्ज र रिचार्ज गर्न सकिन्छ; इलेक्ट्रोड को मूल संरचना करेन्टद्वारा पुनर्स्थापित गर्न सकिन्छ। यसको उदाहरणहरू सवारी साधनहरूमा प्रयोग हुने लिड-एसिड ब्याट्रीहरू र ल्यापटप र मोबाइल फोनहरू जस्ता पोर्टेबल इलेक्ट्रोनिक्सका लागि प्रयोग हुने लिथियम-आयन ब्याट्री हुन्।
ब्याट्रीहरू धेरै आकार र क्षमतामा आउँछन्, हाते घडीमा प्रयोग हुने सानो सेल देखि कोठाको आकारको विशाल ब्याट्री बैंकहरू जुनले टेलिफोन एक्सचेन्जहरू र कम्प्युटर डाटा केन्द्रहरूको लागि स्ट्यान्डबाइ वा आपतकालीन शक्ति प्रदान गर्दछ। ब्याट्रीहरूमा पेट्रोल जस्ता सामान्य इन्धनहरू भन्दा धेरै कम विशिष्ट ऊर्जा (प्रति एकाइ द्रव्यमान ऊर्जा) हुन्छ। अटोमोबाइलहरूमा, यो दहन इन्जिनको तुलनामा, विद्युतीय ऊर्जालाई मेकानिकल कार्यमा रूपान्तरण गर्न विद्युतीय मोटरहरूको उच्च दक्षताले केही हदसम्म बराबर हुन्छ।