लेक वालेसा
From Wikipedia, the free encyclopedia
लेक वालेसा , English: /ˌlɛk vəˈwɛnsə or waˈlɛnsə/ ,[1][2] १९४३को सेप्टेम्बर २९मा जन्म ) एक पोलिश राजनीतिज्ञ, ट्रेड युनियन सङ्गठन कर्ता, र मानव अधिकार अभियान कर्ता हुन । उनी एक चमत्कारीक नेता हुन्, सोलीडाईरेक्टी भनिने सोभियत सङ्घ पक्षको पहिले ट्रेड युनियनको सह-स्थापक, १९८३मा नोबेल शांति पुरस्कार जीतेका थिए, र १९९०-९५ पोलैंड का राष्ट्रपतिको रूपमा कार्य गरे। [3]
वालेसा एक बिजुली मिस्त्री थिए र उनलेशिक्षा हासिल गरेका थिएनन्। कुनै व्यापार संघमा ग्दान्स्कमा त्यतिखेरका पोत कारखानामा काम शुरू गरेको केही दिनमै उनी राजनीतिमा लागे । यसको लागि उनलाई १९७६मा पोलिश कम्युनिस्ट सरकारद्धारा धेरैपल्ट समातिएको थियो, जागिरबाट निकालि दिइएको थियो र कडा निगरानीमा रादिएको थियो। अगस्त १९८०मा उनी सरकारसँग वार्तामा नेतृत्व तहमा सम्मिलित थिए र सहायक कर्मचारियहरूको हडताली जमीन तोडने ग्दान्स्क सहमतिमा संलग्न थिए।
१९९०मा उनले पोल्याण्डको पुन: स्थापित राष्ट्रपतिको कार्यालयको पदको लागि सफलतापूर्वक भाग लिए। तर उनको लोकप्रियता कम भयो। पोलिश राजनीतिमा उनको भूमिका कम भएको थियो। उनको अन्तर्राष्ट्रीय ख्याति, उस्तै छ, र उनी अझै पोलैंडमा अनि विदेशमा इतिहास र राजनीति विषय का बारेमा बोल्छन् र पढाउँछन् ।