लाटोकोसेरो
From Wikipedia, the free encyclopedia
लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले यसले आँखा नदेख्ने धेरैको अनुमान छ। लाटोकोसेरोलाई संस्कृत भाषा उलूक, धूक, दिवान्ध इत्यादि भनिन्छ। यिनका आˆनै प्रकारका अर्थ छन्।
लाटोकोसेरो सामयिक शृङ्खला: Late Paleocene to recent 60–0 Ma | |
---|---|
Left Strigidae: Tawny owl (Strix aluco), Eurasian eagle-owl (Bubo bubo), Little owl (Athene noctua), Northern saw-whet owl (Aegolius acadicus); Right Tytonidae: Barn owl (Tyto alba), Lesser sooty owl (Tyto multipunctata), Tasmanian masked owl (Tyto novaehollandiae castanops), Sri Lanka bay owl (Phodilus assimilis). | |
वैज्ञानिक वर्गीकरण | |
Kingdom: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
Superorder: | Falconimorphae |
गण: | {{{1}}}
|
Families | |
Strigidae | |
Range of the owl, all species. | |
पर्याय | |
Strigidae sensu Sibley & Ahlquist |
लाटोकोसेरोको आँखा खप्परमा टाँसिएका र स्थिर हुन्छन्। अनि विशेष तेजिलासमेत पाइन्छन्। यिनीहरूको घाँटी लचिलो हुने भएकोले यताउती हेर्नुपर्दा यिनीहरू घाँटी नै घुमाएर व्यापकतासाथ हेर्ने काम गर्दछन्। दिनमा आँखा नदेखेपनि यस चरोले रातमा चाहिँ जस्तोसुकै अँध्यारोमा पनि आँखा देख्दछ। यसको श्रवण शक्ति पनि दिनमाभन्दा रातमा बढी हुन्छ। त्यसैले यस जातका चराहरू रातमा सिकार गर्न ज्यादै चलाख र सिपालु मानिन्छन्। अतः यिनीहरू आफ्नो आहारा राती राती यताउता डुली जुटाउँछन्। मांसाहारी भएकोले यिनको आहारा चरागुरुङ्गीका सा-साना बचरा, किराफट्याङ्ग्रा, चरामुसा तथा पशुमांससमेत हो। उडाइमा यी बेगवान् मानिन्छन्। यिनका प्वाँख नरम, मुलायम र मिहिन हुन्छन्। यसैले पखेटा फैलाई तेजिलोसँग भएको यिनको उडान शान्त हुन्छ, ज्यादै बेगिलो भए पनि थाहा नै नपाइने खालको हुन्छ।