लङ्का प्रिमियर लिग
From Wikipedia, the free encyclopedia
लङ्का प्रिमियर लिग (सङ्क्षिप्त रूपमा एलपिएल; सिंहला: ලංකා ප්රිමියර් ලීග්, तामिल: லங்காபரக்காபரம்), २०२० बाट श्रीलङ्काका पाँचवटा शहरहरूको प्रतिनिधित्व गर्ने टोलीहरूद्वारा प्रत्येक वर्ष ट्वान्टी-२० ढाँचामा खेलाइने व्यावसायिक क्रिकेट लिग हो। लिग श्रीलङ्का क्रिकेट (एसएलसि) द्वारा २०१८ मा स्थापना गरिएको थियो। अगस्ट २०२० मा, एसएलसीका उपाध्यक्ष रविन विक्रमरत्नेलाई आधिकारिक रूपमा प्रतियोगिताको निर्देशकको रूपमा नियुक्त गरिएको थियो। मे २०२२ मा, सामन्था डोडनवालालाई आधिकारिक रूपमा एलपिएल टूर्नामेन्ट निर्देशकको रूपमा नियुक्त गरिएको थियो।
छरितो तथ्यहरू लङ्का प्रिमियर लिग, देशहरू ...
लङ्का प्रिमियर लिग | |
---|---|
देशहरू | श्रीलङ्का |
प्रशासक | श्रीलङ्का क्रिकेट |
ढाँचा | ट्वान्टी२० |
पहिलो प्रतियोगिता | २०२० |
पछिल्लो प्रतियोगिता | २०२४ |
आगामी प्रतियोगिता | २०२४ |
प्रतियोगिताको ढाँचा | राउन्ड रोबिन र प्लेअफ |
टिम सङ्ख्या | ५ |
वर्तमान विजेता | जफना किङ्स (३औँ उपाधी) |
सबैभन्दा सफल | जफना किङ्स (३ उपाधी) |
सर्बाधिक रन | अविस्का फर्नाण्डो (९२६)[1] |
सर्बाधिक विकेट | वनिन्दु हसरंगा (३८)[2] |
वेबसाइट | lplt20sl |
बन्द गर्नुहोस्