राराताल
नेपालकाे ताल / From Wikipedia, the free encyclopedia
राराताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
छरितो तथ्यहरू राराताल, रहेको स्थान ...
राराताल | |
---|---|
रहेको स्थान | मुगु जिल्ला |
भौगोलिक निर्देशांक | २९.५२५७२१°N ८२.०९०२१०६°E / 29.525721; 82.0902106 |
अन्तर्वाह | अज्ञात |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | ५.१ किलोमिटर |
अधिकतम चौडाई | ३.२ किलोमिटर |
सतहको क्षेत्रफल | १०.८ वर्ग किलोमिटर |
अधिक गहिराई | १६७ मिटर |
पानीको आयतन | १ घन किलोमिटर |
सतहको उचाई | २,९७२ मिटर |
बन्द गर्नुहोस्