यमराज
From Wikipedia, the free encyclopedia
यमराज हिन्दू धर्म अनुसार मृत्युका देवता हुन्। यो कुराको उल्लेख वेदमा पनि आउँछ। यिनकी जम्ल्याह बहिनी यमुना (यमी) बताइएको छ। विश्वकर्माकी पुत्री संज्ञाबाट भगवान सूर्यका पुत्र यमराज, श्राद्धदेव मनु र यमुना जन्मेको भनिन्छ। यमराज परम भागवत, द्वादश भागवताचार्यमा एक हुन्।