मङ्गल पाण्डे
From Wikipedia, the free encyclopedia
मङ्गल पाण्डे एक भारतीय स्वतन्त्रता सेनानी थिए जसले सन् १८५७ मा भारतको पहिलो स्वाधीनता सङ्ग्राममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी इस्ट इन्डिया कम्पनीको ३४औँ बङ्गाल रेजिमेन्टका एक सिपाही थिए।[1] तत्कालीन अङ्ग्रेजी शासनले उनलाई बागी घोषित गरेको थियो[2] भने सामान्य आम भारतीयले उनलाई भारतको स्वतन्त्रता सङ्ग्रामका नायकको रूपमा सम्मान गर्ने गर्दछ। भारतको स्वाधीनता सङ्ग्राममा उनको महत्वपूर्ण भूमिकालाई लिएर भारत सरकारद्वारा उनको सम्मानमा सन् १९८४ मा एक हुलाक टिकट जारी गरेको थियो।
छरितो तथ्यहरू मङ्गल पाण्डे, जन्म ...
मङ्गल पाण्डे | |
---|---|
जन्म | (१८२७-०७-१९)१९ जुलाई १८२७ नगवा, बलिया जिल्ला, हस्तान्तरित र अधिनस्थ प्रदेश, कम्पनी राज |
मृत्यु | ८ अप्रिल १८५७(1857-04-08) (उमेर २९) बैरकपुर, कलकत्ता, बङ्गाल प्रान्त, कम्पनी राज |
नागरिकता | कम्पनी राज |
पेशा | बैरकपुर छाउनीमा बङ्गाल रेजिमेन्टको ३४औँ दस्तामा सिपाही |
चिनारीको कारण | भारतीय स्वतन्त्रता सेनानी |
बन्द गर्नुहोस्