भुईँचालो
From Wikipedia, the free encyclopedia
भुईँचालोवा भूकम्प वा भैँचालो भूगर्भीय गडबडीबाट पैदा हुने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाई नै भुईँचालो भनिन्छ। यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भुईँचालोलाई ठूला भुईँचालो र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भुईँचालोलाई मझौला भुईँचालो भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भुईँचालोलाई साना भुईँचालो भनिन्छ।[1] अधिकांश विध्वंशक भुईँचालोहरू भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ।