भाक्सु
From Wikipedia, the free encyclopedia
भागसु/भाक्सु (भागसुनाग वा भागसुनाथ पनि भनिन्छ) भारतको हिमाचल प्रदेशको काँगडा जिल्लाको धर्मशाला नजिकैको एउटा गाउँ हो। यो गाउँ भागसुनाग झरना र पुरातन भागसुनाग मन्दिरको स्थल हो।[1]
छरितो तथ्यहरू भाक्सु, देश ...
बन्द गर्नुहोस्
१८औँ शताब्दीको सुरुतिर, गोर्खाहरू बेलायतीहरूसँग यहाँ बसोबास गर्न आए र उनीहरूले १८१५ मा पहिलो गोर्खा राइफल्स (मलौन रेजिमेन्ट) गठन गरे।[2] भाक्सु प्रथम गोर्खा राइफल्स (मलौन रेजिमेन्ट) को घर पनि हो। भाक्सुको नाम हाल म्याकलियोडगन्ज स्टेसनमा रहेको भाक्सुनाग मन्दिरको नामबाट राखिएको छ।[3]