बुएनोस आइरेस
From Wikipedia, the free encyclopedia
बुयेनोस आइरेस (स्पेनी: Buenos Aires), दक्षिण अमेरिकी देश अर्जेन्टिनाको राजधानी तथा सबैभन्दा ठूलो सहर हो।[10] यो सहर दक्षिण अमेरिका महादेशको पम्पा क्षेत्रमा, दक्षिण पूर्वी तटमा, रिओ दे ला प्लाता नदी मुहानको पश्चिमी किनारमा अवस्थित छ।[11][12][13] विशाल बुयेनोस आइरेस क्षेत्रले, धेरै बुयेनोस आइरेस प्रदेशका जिल्लाहरू पनि समावेश गर्दछ। यो दक्षिण र उत्तर अमेरिकाको चौथो धेरै जनसङ्ख्याको भएको महानगरीय क्षेत्र हो। यसमा लगभग १ करोड ५६ लाख मानिसहरूको बसोबास रहेको छ।[14] यो महानगर एक स्वशासित सहर हो। यसको आफ्नै व्यवस्थापिका, कार्यपालिका र न्यायिक शक्ति रहेको छ।
बुयेनोस आइरेस सहर
| |
---|---|
राजधानी सहर र स्वशासित सहर | |
उपनाम: | |
निर्देशाङ्क: ३४°३६′१२″द॰ ५८°२२′५४″प॰ | |
देश | अर्जेन्टिना |
स्थापित | २ फेब्रुअरी १५३६ (पेद्रो दे मेन्दोजाद्वारा) ११ जुन १५८० (जुआन दे गरे) |
सरकार | |
• प्रकार | स्वशासित सहर |
• अङ्ग | सहरी व्यवस्थापिका |
• प्रमुख | रोदरेजेग लारेता |
• Senators | मार्तिन लुइसत्यु, मारिआनो रिकाल्दे, ग्वार्दालुपे तागरियाफेरी |
क्षेत्रफल | |
• राजधानी सहर र स्वशासित सहर | १०३ किमी२ (४० वर्ग माइल) |
• जमीन | २०२ किमी२ (७८.५ वर्ग माइल) |
• महानगर | ४७५८ किमी२ (१८३७ वर्ग माइल) |
उन्नतांश | २५ मिटर (८२ फिट) |
जनसङ्ख्या (सन् २०१० को जनगणना)[8] | |
• क्रम | प्रथम |
• सहरी | २८९१०८२ |
• महानगर | १५५९४४२८ |
वासिन्दाहरू | porteño (पुरुष), porteña (महिला) |
समय क्षेत्र | युटिसी−३ (अर्जेन्टिनामा समय) |
क्षेत्रीय सङ्केत | ०११ |
मानव विकास सूचकाङ्क (सन् २०१६) | ०.८८५ अति उच्च (दोस्रो)[9] |
वेबसाइट | www |
बुयेनोस आइरेस सहर, बुयेनोस आइरेस प्रदेशको अंश र राजधानी दुबै होइन।[15] यो एक स्वशासित जिल्ला हो। सन् १८८० दशक सम्मको राजनैतिक लडाई पछि, बुयेनोस आइरेसलाई सङ्घीय बनाइँदै बोयेनोस आइरेस प्रदेशबाट अलग गरिएको थियो। यसलाई बेल्ग्रानो र फ्लोरेस जस्ता सहरहरू समावेश गर्ने गरी सहरी सीमा विस्तार गरिएको थियो।[16][17] दुबै हाल सहरका छिमेकी सहरहरू हन्। सन् १९९४ को संवैधानिक संशोधनले सहरलाई स्वायत्तता प्रदान गरेको थियो। यसैले यसको औपचारिक नाम "सियुदाद आतोनोमा दे बुयेनोस आइरेस" भएको थियो।[18][19] यसका नागरिकहरूले पहिलो पटक सन् १९९६ मा सरकारको एक मुख्य (अर्थात् प्रमुख)लाई चयन गरेका थिए।[20] यस अघि प्रमुखलाई गणतन्त्रका राष्ट्रपतिले सिधा नियुक्त गरेका थिए।[21]
सन् २०१८ मा, बुयेनोस आइरेसको "जीवनको गुणस्तर" विश्वमा ९१औँ स्थानमा परेको थियो जुन दक्षिण अमेरिकी देशहरूको सर्वाधिक उच्च मध्येको एक हो।[22][23] सन् २०१२ मा, यो दक्षिण अमेरिकाको सर्वाधिक भ्रमण गरिएको सहर थियो र यो लातिन अमेरिकामा मेखिको सहर पछिको सर्वाधिक धेरै भ्रमण गरिएको सहर पनि हो। [24]
सहर यसको संरक्षित युरोपेली वास्तुकला तथा समृद्ध सांस्कृतिक जीवनको लागि परिचित छ।[25][26] बुयेनोस आइरेस एक महानगरीय सहर तथा एक महत्त्वपूर्ण पर्यटन गन्तव्य हो। यसका जटिल संरचनाले यसलाई अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण महानगर बनाएको छ र यो विश्वव्यापी रूपमा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा पनि परिचित छ।[27] यसले वाणिज्य, वित्त, फेसन, कला, शिक्षा, मनोरन्जन लगायतका क्षेत्रहरूमा मुख्यतया यसको प्रभावलाई देखाउँदछ।[8] सहरले सन् १९५१ मा पहिलो पान अमेरिकी खेलको आयोजना गरेको थियो र साथै यसले यसका रङ्गशालामा सन् १९७८ फिफा विश्वकपका दुईवटा खेलहरूको आयोजना गरेको थियो। यसले सन् २०१८ मा, ग्रीष्मकालिन युवा ओलम्पिक र सन् २०१८ मै जि२० शिखर सम्मेलनको आयोजन गरेको थियो।[28]
बुयेनोस आइरेस एक बहुसांस्कृतिक सहर हो वा यो बहु जातीय र धार्मिक समूहहरूको धरोहर पनि हो।[29][30] सहरमा स्पेनी बाहेक थुप्रै भाषाहरू बोलिन्छ जसले यसको संस्कृति, सहर र देशको अन्य केही भाषाहरूमा योगदान गर्दछ।[31] विगतका १५१ वर्षहरू यो सामान्य रूपमा देश विदेशका लाखौँ आप्रवासीहरूको प्रमुख प्रापक बनेको छ।[32]