फोक्सुन्डो ताल
ताल / From Wikipedia, the free encyclopedia
फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित ताल हो। यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ।[1] यो ताल शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुन्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ ।[2] सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो ।[3] सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।[4]
फोक्सुन्डो ताल | |
---|---|
भौगोलिक निर्देशांक | २९°१२′३०″उ॰ ८२°५७′३०″पू॰ |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | ५.१५ किलोमिटर |
अधिकतम चौडाई | ८०० मिटर |
सतहको क्षेत्रफल | ४९४ बर्गकिमी |
अधिक गहिराई | १४५ मिटर |
पानीको आयतन | ४०,९०,००,००० घनमिटर |
सतहको उचाई | ३६१२ मिटर |
यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।