फायर सञ्चालन प्रणाली
From Wikipedia, the free encyclopedia
अमेजन फायर वा फायर सञ्चालन प्रणाली एन्ड्रोइड आधारित मोबाइल सञ्चालन प्रणाली हो। यसलाई अमेरिकी कम्पनी अमेजनले यसको फायर फोन र फायर ब्रान्डका ट्याब्लेटहरूका लागि सृजना गरेको थियो जसमा, इको र इको डट, र फायर टिभी जस्ता अन्य सामग्री प्रदायक उपकरणहरू समावेश छन्।[4] यसलाई खुला स्रोत एन्ड्रोइड सञ्चालन प्रणालीबाट बनाइएको थियो र यसमा स्वामित्व सफ्टवेयर, अनुकूलित प्रयोगकर्ता दृश्य, मुख्य रूपमा सामग्री खपतमा केन्द्रित छ जसले अमेजनको आफ्नै भण्डार र सेवाहरूबाट उपलब्ध सामग्रीमा ठूलो सम्बन्ध समावेश गर्दछ।
कम्पनी / निर्माता | अमेजन |
---|---|
भाषा प्रयोग | सि (कोर), सि++, जाभा (युआई)[1] |
ओएस परिवार | एन्ड्रोइड (लिनक्स) |
कार्य स्थिति | चालू |
श्रोत नमुना | एन्ड्रोइडमा आधारित खुला स्रोत परियोजना,[2] सहित स्वामित्व सफ्टवेयर र अमुक्त स्रोत सफ्टवेयरका घटकहरू[3] |
उपलब्ध | ४६ भाषाहरू |
प्याकेज म्यानेजर | एपिके |
कर्नेल प्रकार | मोनोथिलिक (परिष्कृत लिनक्स कर्नेल) |
आधिकारिक वेबसाइट | developer |
किन्डल फायर श्रृङ्खलाले एन्ड्रोइडको अनुकूलित वितरणको प्रयोग गर्दछ। अमेजनले केवल किन्डल फायर ट्याब्लेटको तेस्रो पुनरावृत्तिको साथ वितरणलाई फायर सञ्चालन प्रणालीको रूपमा सान्दर्भित गर्न सुरू गरेको थियो। अघिल्लो किन्डल फायर नमूनाहरू भन्दा फरक, जसको सञ्चालन प्रणाली "एन्ड्रोइड"को आधारमा "सूचीबद्धको रहेको छ जबकि फायर ओएस ३.० "सञ्चालन प्रणाली" एन्ड्रोइडसँग उपयुक्त हुँदै सूचीबद्ध छ। किन्डल विद्युतीय-पाठकहरूको ट्याब्लेट संस्करणहरू फायरको श्रङ्खला भित्र पर्दछन्।