प्राचीन युनानी
From Wikipedia, the free encyclopedia
प्राचीन युनानी लगभग 1500 ईसा पूर्व देखि 300 ईसा पूर्व सम्म प्राचीन युनान र प्राचीन संसारमा प्रयोग हुने युनानी भाषाका रुपहरुको समूह हो। यसलाई प्रायः माइसेनियी युनानी ( अन्दाजी 1400–1200 BC ), अन्धकार युग ( अन्दाजी 1200–800 BC ), पुरातन काल ( अन्दाजी 800–500 BC ), र शास्त्रीय काल ( अन्दाजी 500–300 BC ) अवधिहरूमा विभाजित गरिन्छ। [1]
प्राचीन युनानी | |
---|---|
ढाँचा:Br-separated entries | |
क्षेत्र | पूर्वी भूमध्यसागर |
मातृभाषी वक्ता | – |
Indo-European
| |
प्रारम्भिक रूप | Proto-Greek
|
Greek alphabet | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-२ | grc |
आइएसओ ६३९-३ | grc (includes all pre-modern stages) |
Map of Ancient (Homeric) Greece | |
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ। |
प्राचीन युनानी होमर र पाँचौं शताब्दीका एथेनि इतिहासकार, नाटककार र दार्शनिकहरूको भाषा थियो। यसले अङ्ग्रेजी शब्दावलीमा धेरै शब्दहरू योगदान गरेको छ र पुनर्जागरण कालदेखि (Renaissance) पश्चिमी संसारका शैक्षिक संस्थाहरूमा अध्ययनको मानक विषय भएको छ। यस लेखमा यो भाषाको मुख्यतया महाकाव्य र शास्त्रीय अवधिहरूको बारेमा जानकारी समावेश छ।
हेलेनिस्टिक कालदेखि ( अन्दाजी 300 BC ), प्राचीन युनानी भाषा पश्चात कोइने युनानीको प्रयोग हुन थाल्यो जसलाई एक छुट्टै ऐतिहासिक चरण मानिन्छ। यद्यपि, यस भाषाको प्रारम्भिक रूप एटिक युनानीसँग र यसको पछिल्लो रूप मध्यकालीन युनानीसँग मिल्दोजुल्दो रहेको देखिन्छ। प्राचीन युनानीका धेरै उपभाषाहरु मध्ये कोइने को विकास एटिक युनानी बाट नै भएको हो।