प्राकृतिक ग्याँस
From Wikipedia, the free encyclopedia
प्राकृतिक ग्यास धेरै ग्यासहरूको मिश्रण हो जसमा मुख्य रूपमा मिथेन र ०-२०% सम्म अन्य उच्च हाइड्रोकार्बन (जस्तै इथेन, प्रोपेन) ग्यासहरू र कहिलेकाहीँ कार्बनडाइअक्साइड, नाइट्रोजन, हाइड्रोजन सल्फाइड , वा हिलियमको केहि अंश[1] रहेको हुन्छ[2]। प्राकृतिक ग्यास ईन्धनको प्रमुख स्रोत हो। यो अन्य जीवावशेष इन्धन /जीवाश्म ईन्धनको साथ पाइन्छ। यो करोडौं वर्ष पहिले पृथ्वीमा बस्ने मृत प्राणीहरूको क्षय र बिघटन भएको पदार्थबाट बन्छ।[3] यो ग्यासियस अवस्थामा फेला पर्दछ। सामान्यतया, यो मिथेन, इथेन, प्रोपेन, ब्युटेन, पेन्टाइनको मिश्रण हो, जसमा मीथेन ८० देखि ९०% सम्म हुन्छ पाइन्छ। यसको अतिरिक्त, सल्फर, पानी वाष्प, जस्ता केही अशुद्धिहरू पनि भेट्टाइन्छ।