पुस-अप
From Wikipedia, the free encyclopedia
पुस-अप (कहिलेकाहीँ ब्रिटिश अंग्रेजीमा प्रेस-अप भनिन्छ) प्रोन पोजिसन (प्रवण स्थिति)बाट सुरु हुने साधारण क्यालिस्थेनिक्स व्यायाम हो। पुस-अप गर्दा पाखुरा प्रयोग गरेर शरीरलाई तल माथि उचालिन्छ। पुस-अपले पेक्टोरल मांसपेशी, ट्राइसेप्स, र एन्टेरियर डेल्टोइडहरू व्यायाम हुन्छ। यस बाट बाँकी डेल्टोइडहरू, सेराटस एन्टेरियर, कोराकोब्राचियालिस र समग्र रूपमा मध्यभागमा सहायक फाइदा पुग्छ ।
पुश-अप खेलाडी एथलेटिक प्रशिक्षण वा शारीरिक शिक्षा र सामान्यतया सैन्य शारीरिक प्रशिक्षणमा प्रयोग गरिने आधारभूत अभ्यास हो। पुस-अप सैन्य, विद्यालय खेलकुद, र केही मार्शल आर्ट अनुशासनहरूमा प्रयोग गरिने सजायको एक सामान्य रूप पनि हो।