पुस
From Wikipedia, the free encyclopedia
पौष वा पुष हिन्दू महिनाहरूको १२ महिना मध्यको एक महिना हो। सौर्यमासका अनुसार पुष महिना धनु सक्रांतीका दिनबाट सुरु हुन्छ भने चन्द्रमासका अनुसार पुष महिना मंसिर पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार भने यो महिना धनु सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ। नेपालमा सौर्यमास शुत्रलाई नै व्यवहारमा ल्याईएको छ। पुष हेमन्तऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाहरूको आधा डिसेम्बरको महिना र आधा जनवरी महिना पुष महिना भित्र पर्दछ।
छरितो तथ्यहरू पुस, मूल नाम ...
पुस | |
---|---|
मूल नाम | पौषcode: sa is deprecated (संस्कृत) |
पञ्चाङ्ग | हिन्दू पञ्चाङ्ग |
महिना संख्या | १० |
ऋतु | हेमन्त ऋतु |
महत्त्वपूर्ण दिनहरू | लोहड़ी |
बन्द गर्नुहोस्