पास्कलको नियम
From Wikipedia, the free encyclopedia
पास्कलको नियम (पास्कलको सिद्धान्त [1][2][3] पनि भनिन्छ तरल पदार्थको चापको प्रसारणको सिद्धान्त पनि भनिन्छ) ब्लेज पास्कलद्वारा प्रतिपादित तरल यान्त्रिकी (fluid mechanics) को सिद्धान्त हो ।जुन नियम यस प्रकार छ - बन्द भाँडामा रहेको तरल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने त्यती नै चाप सबैतिर लम्ब भएर प्रसारण हुन्छ ।[4] यो नियम फ्रेन्च गनितिज्ञ ब्लेज पास्कल ले १६५३ मा स्थापित गरेका थिए र १६६३ मा प्रकाशित गरेका थिए । [5][6]
ब्लेज पास्कलको जन्म सन् १६२३ मा फ्रान्समा भएको थियो । उनी एक प्रसिद्ध गणितीज्ञ, भौतिकशास्त्री र दार्शनिक पनि थिए । उनले तरल पदार्थमा चापका सम्बन्धमा एउटा नियम पनि प्रतिपादन गरे । उक्त नियम पास्कलको नियमका नामले संसारभर प्रसिद्ध छ ।
जुन नियम यस प्रकार छ - बन्द भाँडामा रहेको तरल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने त्यती नै चाप सबैतिर लम्ब भएर प्रसारण हुन्छ ।
यो नियम तरल पदार्थको साथै ग्यास पदार्थमा पनि लागु हुन्छ । पास्कलको नियममा आधारित उपकरण हाइड्रोलिक प्रेस हो।
यदि,
= सानो पिस्टनको बल
= सानो पिस्टोनको क्षेत्रफल
= ठुलो पिस्टनको बल
= ठुलो पिस्टनको क्षेत्रफल
पास्कलको नियम अनुसार,
सानो पिस्टनमा लागेको चाप()= ठुलो पिस्टनमा लागेको चाप()