पाटे बाघ
बाघको उपप्रजाति / From Wikipedia, the free encyclopedia
पाटे बाघ (उपप्रजाति नाम: प्यानथेरा टाइग्रिस टाइग्रिस) मुख्यतया भारत, नेपाल र बङ्गलादेशको रैथाने बाघको उपप्रजाति हो। यो बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छ। घांसेमैदान देखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमी आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओशीला दलदलहरूमा समेत बाघले आफ्नो वासस्थान बनाएको हुन्छ । जङ्गलमा खुल्लारूपमा विचरणगर्ने भाले बाघहरू साधारणतयअ २०५ देखि २२७ किलोग्राम सम्म तौल भएका हुन्छन् भने पोथी बाघहरू औशत रूपमा करिब १४१ किलोग्राम तौलका हुन्छन् । यद्यपी नेपाल तथा उत्तरभारतमा पाइने पाटे बाघहरू दक्षिण भारतमा पाइने बाघहरू भन्दा केही ठूलो शरीरका हुन्छन् जसको भालेको तौल लगभग २३५ किलोग्राम सम्मको हुन्छ । संरक्षणवादीहरूको दावी अनुसार अहिले पाटे बाघहरूको सङ्ख्या २००० भन्दा पनि कम भैसकेको छ । भारत सरकारको राष्ट्रिय बाघ संरक्षण विभागले गरेको पछिल्लो सर्बेक्षण अनुसार विगत १० वर्षमा बाघको सङ्ख्यामा ६०% कमी आएर अहिले करिब १,४११ पाटे बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ । सन् १९७२ देखि धेरै वन्यजन्तु संरक्षण अभियान सञ्चालन भएकाछन्, बाघ संरक्षणका लागि विभिन्न योजनाहरू सार्वजनिक गरिएका छन् । भारतीय अधिकारीहरूको पहलकदमीका बाबजुद भारतको सरिस्का बाघ आरक्षणबाट बाघ पूर्णरूपमा लोप भैसकेको छ ।
पाटे बाघ | |
---|---|
भाले पाटे बाघ | |
पाटे बाघिनी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | मांसाहारी |
परिवार: | फेलिडे |
उपपरिवार: | Pantherinae |
वंश: | पान्थेरा |
प्रजाति: | P. tigris |
उपप्रजाति: | P. t. tigris |
त्रिपद नाम | |
Panthera tigris tigris (लिनियस, सन् १७५८) | |
पाटे बाघको वासस्थान दायरा | |
पर्याय[2] | |
|